शिमलामा एक महिनाभित्रमा दोस्रो पटक भूकम्प, राती 3.9 तीव्रताको भूकम्प
Earthquake


शिमला, 12 नोभेम्बर (हि.स.)। हिमाचल प्रदेशमा फेरि भूकम्पको झट्का महसूस भएको छ। शिमला जिल्लामा गए बुधवार राती लगभग 9ः50 बजे भूकम्पको झट्का महसूस गरियो। राष्ट्रिय भूकम्प विज्ञान केन्द्र अनुसार भूकम्पको तीव्रता रिक्टर स्केलमा 3.9 मापन गरियो। यसको केन्द्र शिमलामा जमीनदेखि 10 किलोमिटर तल रेकर्ड गरियो। तथापि भूकम्पले गर्दा कुनै पनि प्रकारको क्षति भएको खबर प्राप्त भएको छैन। शिमला जिल्लाको माथिल्लो भागमा मानिसहरूले भूकम्प महसूस गरेका थिए।

राष्ट्रिय भूकम्प विज्ञान केन्द्र मुताविक भूकम्प राती 9बजेर 50 मिनट 26 सेकण्डमा आएको थियो। यसको केन्द्र 31.188 डिग्री उत्तरी अक्षांश र 78.007 डिग्री पूर्वी देशान्तरमा रेकर्ड गरिएको छ। हाल यस झट्काले कुनै पनि घर,सड़क वा अन्य सम्पत्तिलई नोक्सान पुऱ्याएको सूचना प्रशासन समक्ष आएको छैन।

एक महिनामा दोस्रो पटक धरती काँप्यो

शिमलामा यसअघि गत 17 अक्टोबरमा पनि भूकम्प आएको थियो। त्यस समय यसको तीव्रता 4.1 मापन गरिएको थियो। भूकम्प बिहान 4ः36 मा आएको थियो र यसको केन्द्र रामपुर क्षेत्रमा रेकर्ड गरिएको थियो। त्यस समय पनि भूकम्पको गहिराई जमीनदेखि 10 किलोमीटर तल थियो। यस घटनामा पनि कुनै पनि प्रकारको क्षय-क्षति भएन।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande