बाक्सा र तामुलपुर जिल्लामा आगलागीबाट व्यापक क्षति
गुवाहाटी के बशिष्ठ में भीषण आगजनी की तस्वीर। Fire


बाक्सा/तामुलपुर (असम), 12 नोभेम्बर (हि.स.)। बाक्सा जिल्लाको बागानपारा एवं तामुलपुर जिल्लाको भारत-भुटान सीमावर्ती क्षेत्र दरङ्गा बजारमा भीषण आगलागी भएपछि क्षेत्रमा आतङ्क फैलियो। यस घटनामा व्यापक क्षति भएको बताइएको छ।

घटना अनुसार बाक्साको बागानपारा पुलिस चौकी अगाडि आगलागी भएको हो। आगलागीमा केही घर र सम्पत्ति नष्ट भएको छ। आगलागीको कारण थाहा हुन सकेको छैन। सूचना पाउनसाथ घटनास्थलमा पुगेको अग्निशमनको टीम आगो निभाउन सफल भयो। दुर्घटनामा कुनै पनि प्रकारको जनहानि भएको सूचना प्राप्त भएको छैन। पुलिसले क्षय-क्षतिको मूल्याङ्कन गरिरहेको छ।

अर्कोतर्, तामूलपुर जिल्लाको भारत-भुटान सीमामा रहेको दारङ्गा बजारमा हिजो राति ठूलो आगलागी भयो। जानकारी अनुसार स्थानीय मेला बजारमा मुहम्मद अली नामक व्यापारीको जीर्ण भइसकेको गोदाममा यो आगलागी भएको हो। आगोको तीव्रता यति भयावह थियो कि केही समयभित्रै आगोले सम्पूर्ण गोदामलाई आफ्नो चपेटमा लियो। सूचना पाए लगत्तै अग्निसमन दलका वाहनहरू घटनास्थलमा पुगे। धेरै सङ्घर्षपछि आगोलाई नियन्त्रित गरियो। यस आगलागीमा लाखौँ रुपियाँको सम्पत्ति नष्ट भएको आशङ्का गरिएको छ। आगलागीको वास्तविक कारण अहिलेसम्म थाहा हुन सकेको छैन।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande