
गान्तोक, 12 नोभेम्बर (हि.स.)। ४९औँ राष्ट्रिय जुनियर ब्याडमिन्टन प्रतियोगितामा सहभागी हुने विभिन्न राज्यका पहिलो खेलाडी टोली आज बागडोग्रा विमानस्थल आइपुगेका छन्। नोभेम्बर १४ देखि २१ तारिखसम्म गान्तोकस्थित पाल्जोर स्टेडियममा आयोजना हुने उक्त प्रतियोगितामा ३२ राज्य तथा केन्द्रशासित प्रदेशका ५०० भन्दा बढी खेलाडीले सहभागिता जनाउने अपेक्षा गरिएको छ।
विमानस्थलमा खेलाडी टोलीलाई स्वागत गर्न सिक्किम सरकारका अधिकारीहरू उपस्थित थिए। खेलाडीहरूलाई परम्परागत खादा अर्पण गरी न्यानो स्वागत गरियो। त्यसपछि उनीहरूका लागि व्यवस्था गरिएका विशेष बसमार्फत गान्तोकतर्फ प्रस्थान गराइयो।
प्रतियोगिताअन्तर्गत नोभेम्बर १४ देखि १६ तारिखसम्म टोलीगत खेलहरू सञ्चालन हुनेछन् भने नोभेम्बर १७ देखि २० तारिखसम्म व्यक्तिगत प्रतिस्पर्धाहरू आयोजना गरिनेछन्।
सिक्किम सरकारले यस प्रतियोगितालाई राज्यस्तरीय कार्यक्रमका रूपमा घोषणा गरेको छ। सिक्किम सरकारले यस प्रतियोगितालाई राज्यस्तरीय कार्यक्रमका रूपमा घोषणा गरेको छ।
---------------
हिन्दुस्थान समाचार / बिशाल