रक्षामन्त्री सिंहले आज भोपालमा शिवराज सिंह चौहानकी आमालाई श्रद्धाञ्जली अर्पण गर्ने
राजनाथ सिंह (फाइल)


भोपाल, १२ नोभेम्बर (हि.स.)। रक्षामन्त्री राजनाथ सिंह आज मध्य प्रदेशको राजधानी भोपालको एकदिने भ्रमणमा आउँदैछन्। उनी केन्द्रिय कृषिमन्त्री शिवराज सिंह चौहानकी आमा काशीबाईको निधनप्रति शोक व्यक्त गर्न उनको निवास पुग्ने कार्यक्रम रहेको छ।

शिवराज सिंह चौहानकी आमा काशीबाईको गत ३० अक्टोबरमा भोपालस्थित एम्स अस्पतालमा निधन भएको थियो। आज उनको तेह्रौँ दिनको पुण्यतिथि तथा गंगाजली पूजन कार्यक्रम होशंगाबाद रोडस्थित वृन्दावन गार्डेनमा आयोजना गरिएको छ।

उक्त कार्यक्रममा रक्षामन्त्री राजनाथ सिंह, लोकसभा अध्यक्ष ओम बिरला, रक्षा राज्यमन्त्री सञ्जय सेठ, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ तथा छत्तीसगढका मुख्यमन्त्री विष्णुदेव सायलगायत विभिन्न वरिष्ठ नेताहरू सहभागी हुने सम्भावना रहेको छ। भाजपा संगठनका पदाधिकारी तथा अन्य राज्यका नेताहरू पनि भोपाल पुग्ने कार्यक्रम रहेको छ।

निर्धारित कार्यक्रमअनुसार राजनाथ सिंह साँझ करिब ४:४० बजे भोपालको राजा भोज विमानस्थलमा अवतरण गर्नेछन्। त्यसपछि साँझ ५:१५ बजे वृन्दावन गार्डेन पुग्ने कार्यक्रम रहेको छ। साँझ ५:१५ देखि ५:३५ बजेसम्मको समय आरक्षित राखिएको छ। त्यसपछि उनी साँझ ६:०५ बजे विमानस्थलका लागि प्रस्थान गर्नेछन्।

/ बिशाल


 rajesh pande