
पाकिम, 12 नोभेम्बर (हि.स.)। वरिष्ठ पुलिस अधीक्षक (एसएसपी) पदमा हालै पदोन्नति भएका पाकिम जिल्लाका वरिष्ठ पुलिस अधीक्षक छिरिङ शेर्पालाई आज पाकिम जिल्ला पुलिसले औपचारिक गार्ड अफ अनर प्रदान गरेको छ।
पदोन्नति भई उच्च पदको जिम्मेवारी सम्हालेको अवसरमा सम्मान तथा अभिनन्दनस्वरूप पाकिम जिल्ला पुलिसका पुलिस कर्मचारीहरूले उनलाई औपचारिक गार्ड अफ अनर प्रदान गरेका हुन्।
---------------
हिन्दुस्थान समाचार / बिशाल