
नयाँ दिल्ली, १२ नोभेम्बर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले बुधवार सञ्चारमाध्यम जगतलाई देशको सफलतासँग सम्बन्धित कथाहरू विश्वभरि पुर्याउन आग्रह गरेका छन्। उनले विकासको मार्गमा अगाड़ी बढ़िरहेको देशका उपलब्धि, प्रतिभा तथा सकारात्मक कथाहरूले विश्वमञ्चमा स्थान पाउनुपर्ने बताए।
प्रधानमन्त्री मोदीले आज भाजपा केन्द्रिय कार्यालयमा सञ्चारमाध्यमका लागि आयोजित दीपावली मिलन समारोहमा उक्त कुरा बताएका हुन्। यस अवसरमा भाजपा अध्यक्ष नितिन नवीन, केन्द्रिय मन्त्री राजनाथ सिंह, अमित शाह र जेपी नड्डा मञ्चमा उपस्थित थिए।
उनले सञ्चारमाध्यम क्षेत्रमा समाचार पठाउने र प्रसारण गर्ने समयसीमाको उदाहरण दिँदै व्यक्ति, संस्था तथा देशका लागि पनि समयसीमा लागू हुने बताए। यही कुरालाई ध्यानमा राख्दै देशले आफ्ना लक्ष्यहरूलाई समयसीमामा बाँधेको उनले उल्लेख गरे। साल २०४७ सम्ममा देशलाई विकसित बनाउनुपर्ने बताउँदै उनले यो लक्ष्य हासिल गर्नु कठिन नभएको धारणा व्यक्त गरे।
प्रधानमन्त्रीले लक्ष्य पूरा गर्ने समयसीमा निर्धारण गर्दा कामको प्राथमिकता, कार्यशैली र गति परिवर्तन हुने बताए। स्वतन्त्रता सङ्घर्षको उदाहरण दिँदै उनले शुरुआतमा साना-साना लक्ष्यहरू लिएर अगाड़ी बढ्ने गरिएको बताए। यिनै साना लक्ष्यहरू पूरा गर्दै आज देश विकसित भारतको दिशामा अगाड़ी बढ़िरहेको उनले उल्लेख गरे।
यस क्रममा उनले पछिल्ला १२ वर्षमा आफ्नो सरकारले हासिल गरेका उपलब्धिहरूको चर्चा गरे। यदि देशले १२ वर्षभित्र ५० करोड़भन्दा बढ़ी मानिसलाई चरम गरीबीबाट बाहिर निकाल्न सक्छ भने २० वर्षभित्र देशलाई विकसित बनाउनु कठिन कार्य नभएको उनले बताए।
सञ्चारमाध्यमसँग आफ्ना अनुभव साझा गर्दै उनले हालै शासन प्रमुखका रूपमा २५ वर्ष पूरा गरेको बताए। यी २५ वर्षमा आफूले प्रेस विज्ञप्तिदेखि रीलसम्मको यात्रा देखेको उनले उल्लेख गरे। उनले सञ्चारमाध्यम, विशेषगरी फिल्ड रिपोर्टरहरूको कामको प्रशंसा गरे।
यस अवसरमा दिल्ली भारतीय जनता पार्टीका अध्यक्ष नितिन नवीनले प्रधानमन्त्री मोदीले देशमा विकासको उज्यालो आज हरेक घरसम्म पुर्याएको बताए। आज दीपावली पर्वले अन्तरराष्ट्रिय स्तरमा आफ्नो विशेष पहिचान बनाउँदै गएको उल्लेख गर्दै उनले भारतीय संस्कृति तथा विरासतलाई विश्वभरि पुर्याउन प्रधानमन्त्रीले गरेको प्रयासको यसमा महत्त्वपूर्ण योगदान रहेको बताए।
हिन्दुस्थान समाचार / भवानी थामी