
किश्तवाड, १२ नोभेम्बर (हि.स.)। किश्तवाड जिल्लाको दच्छन क्षेत्रबाट बेपत्ता भएका जम्मू-कश्मीर पुलिसका दुई स्पेशल पुलिस अफिसर (एसपीओ) बिहीबार मृत अवस्थामा फेला परेका छन्।
एक पुलिस अधिकारीका अनुसार, उनीहरू दुवैलाई मरवाहको धरनामा पालैपालो ड्युटीका लागि खटाइएको थियो। तर उनीहरू त्यहाँ नपुगेपछि बेपत्ता भएका थिए। उनले बताएअनुसार, दुवैको खोजीका लागि पुलिस तथा सुरक्षा बलले खोजी अभियान शुरु गरेका थिए। यस क्रममा किश्तवाड क्षेत्रमा दुवै एसपीओका शव बरामद गरिएको हो।
मृतकहरूको पहिचान रशपाल कुमार (४५) र बोबी चन्द (५७) का रूपमा भएको छ। दुवै कियार दच्छनका निवासी थिए। घटनाको अनुसन्धान शुरु गरिएको छ भने मृत्युको कारण पत्ता लगाउने प्रयास भइरहेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी