जम्मूको अन्तर्राष्ट्रिय सीमा नजिकै सन्दिग्ध पाकिस्तानी ड्रोन बरामद
जम्मूको अन्तर्राष्ट्रिय सीमा नजिकै सन्दिग्ध पाकिस्तानी ड्रोन बरामद


जम्मू, 12 नोभेम्बर (हि.स.): सीमा सुरक्षा बल (बीएसएफ)- ले बिहीवार लालफामकिमा क्षेत्रको अन्तर्राष्ट्रिय सीमा नजिकैको खेतबाट एउटा डीजेआई म्याट्रिक्स 300 ड्रोन बरामद गऱ्यो। सन्दिग्ध ड्रोनको गतिविधिको खबर पउनसाथ कारबाही शुरू गरियो।

आधिकारिक सूत्र अनुसार नीलो र रातो रङ्गको बत्ती भएको एउटा सन्दिग्ध ड्रोन लगभग मध्यरातमा बीएसएफको 101 बटालियन क्षेत्रमा घुमिरहेको देखियो। तथापि नन्दपुरस्थित एयर डिफेन्स सिस्टम (एडीएस)- बाट ड्रोनको कुनै गतिविधि पत्तो लाग्न सकेन। त्यसपछि बीएसएफले त्यस क्षेत्रमा खोजी अभियान शुरु गऱ्यो। यसबीच कर्मचारीहरूले बिहान 8ः30 बजे अन्तर्राष्ट्रिय सीमाभित्र करिब 1 मीटरभित्र खेतबाट डीजेआई म्याट्रिक्स 300 ड्रोन बरामद गरे। ड्रोन जफत गरिएपछि यसको उत्पत्ति र अन्य विवरणहरू पत्तो लगाउन थप अनुसन्धानको लागि सीमा मुख्यालय, पलोडामा पठाइयो।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande