कुलगाम आक्रमणमा घाइते जवानले पत्नीलाई भने- 'म ठिकै छु'
घायल विष्णुपुर निवासी जवान शांतनु चंद्र


बाँकुड़ा, 12 नोभेम्बर (हि.स.)। जम्मू-कश्मीरको कुलगाममा गए बुधवार दिउँसो भएको आतङ्कवादी हमलामा केन्द्रिय रिजर्भ पुलिस फोर्स (सिआरपिएफ)- का तीन जना जवानहरू घाइते भएका छन्। तीमध्ये पश्चिम बङ्गालको बिष्णुपुरका जवान शान्तनु चन्द्र पनि हुन् जसलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ। उनको हातमा गोली लागेको छ। परिवार अनुसार अस्पतालमा भर्ना भएका शान्तनुले परिवारका सदस्यहरूसित कुराकानी गर्दै आफू कुशलै रहेको जानकारी दिए।

परिवार अनुसार आक्रमणपछि शान्तनुले सबैभन्दा पहिला घरमा फोन गरेका थिए। उनकी पत्नी नन्दिनी चन्द्रले बताइन्, साँझ 5 बजेतिर शान्तनुको फोन आएको थियो। फोनमा उनले बताए, आक्रमण भएको छ जसमा एकजना हेड कन्स्टेबल घाइते भएका छन्। उनले यो पनि भने, उनी अस्पताल गइरहेा छन्। त्यसबेला सम्ममा शान्तनु पनि घाइते भएको कुरा नन्दिनीलाई थाहै थिएन।

नन्दिनीले बताइन्, साँझ 5ः30 बजेतिर उनको अफिसरको फोन आयो जसले शान्तनु पनि घाइते भएको र उनलाई अस्पताल लगिएको जानकारी दिए। यद्यपि अधिकारीले बन्दुकको गोलीले घाइते भएको रिपोर्ट बतानन्। पछि समाचारहरूको माध्यमबाट उनीहरूले शान्तनुलाई पनि गोली लागेको थाहा पाए। त्यसपछि शान्तनुसँग फेरि कुराकानी भयो जहाँ उनले आफू ठिक रहेको बताए।

शान्तनुका बुबा तारापद चन्द्रले आफ्नो छोरासँग कुराकानी भएको बताए। उनले भने, उनी ठिक छन् र चिन्ता गर्न आवश्यक छैन। छोरासँग कुरा गरेपछि परिवारलाई केही राहत प्राप्त भएको छ।

/ बिशाल


 rajesh pande