
कोलकाता, 12 नोभेम्बर (हि.स.)। पश्चिम बङ्गालका अधिकांश जिल्लाहरूमा बिहीवार मौसम शुष्क रहने अनुमान गरिएको छ। तर दक्षिण बङ्गालका केही जिल्लाहरूमा हल्का वर्षा वा गर्जनसितै हुने सम्भावना छ। मौसम परिवर्तनको क्रममा बिहान-बेलुकी हल्का चिसो महसूस हुन सक्छ।
अलिपुरस्थित क्षेत्रीय मौसम विज्ञान केन्द्र (आरएमसी)-को पूर्वानुमान अनुसार कोलकाता सहित दक्षिण बङ्गालका अधिकांश भागहरूमा वर्षाका गतिविधिहरू कम हुने सम्भावना छ। उत्तर बङ्गालमा पनि मौसम मुख्यतया सुख्खा रहने अनुमान गरिएको छ।
कोलकातामा आज अधिकतम तापक्रम 29-30 डिग्री सेल्सियस र न्यूनतम 22 डिग्री सेल्सियस लगभग रहने सम्भावना छ। बिहान हल्का कुहिरो तथा दिउँसो आकाश मुख्यतया सफा रहने सम्भावना छ। दिउँसो आंशिक बादल देखिन सक्छ। अलिपुर मौसम केन्द्रले बिहान 5ः30 बजे तापक्रम 22.6 डिग्री सेल्सियस र सापेक्ष आद्रता 96 प्रतिशत रेकर्ड गरियो।
अलिपुर मौसम विभाग अनुसार उत्तर र दक्षिण 24 परगना, नादिया, कोलकाता, हावडा, हुगली तथा पूर्व एवं पश्चिम मेदिनीपुरका केही ठाउँहरूमा हल्का देखि मध्यम वर्षा वा गर्जनसितै वर्षा हुने सम्भावना छ। दक्षिण बङ्गालका बाँकी जिल्लाहरूमा एक वा दुई ठाउँमा हल्का वर्षा हुने सम्भावना छ। तर यी क्षेत्रहरूका लागि मौसम विभागले कुनै विशेष चेताउनी जारी गरेको छैन।
बाँकुड़ा, पुरुलिया, झाड़ग्राम, पूर्व र पश्चिम बर्दवान, बीरभूम अनि मुर्शिदाबादमा दिउँसो अधिकांश समय मौसम सुख्खा रहने सम्भावना छ।
उत्तर बङ्गालको दार्जीलिङ, कालेबुङ, जलपाईगुडी, अलिपुरद्वार, कुचबिहार, उत्तर एवं दक्षिण दिनाजपुर तथा मालदामा बिहान केही ठाउँमा हल्का वर्षा वा गर्जनसितै वर्षा हुने सम्भावना छ। तर बिहीवार बिहान 8ः30 बजेपछि आगामी 24 घण्टासम्म सबै जिल्लामा सुख्खा मौसम रहने पूर्वानुमान गरिएको छ।
मौसम विभाग अनुसार दक्षिण बङ्गालमा आगामी तीन दिनमा न्यूनतम तापक्रम बिस्तारै दुईदेखि तीन डिग्री सेल्सियस घट्ने सम्भावना छ। त्यसपछि तापक्रममा कुनै ठूलो परिवर्तन हुने अपेक्षा गरिएको छैन।
यसैबीच 13 नोभेम्बरमा दक्षिण-पूर्वी बङ्गालको खाड़ीदेखि माथि निम्न चाप विकसित हुने सम्भावना छ। यो 14 नोभेम्बर वरपर अझ तीव्र हुने र नोभेम्बर 15 सम्ममा डिप्रेसनमा परिणत हुने पूर्वानुमान गरिएको छ।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा