
-टाउकोमा दुई वटा गोलीको निशान, मेघालयका शिकारीहरूमाथि शङ्का
-पोस्टमर्टम रिपोर्टको प्रतिक्षा
मोरीगाउँ (असम), 13 नोभेम्बर (हि.स.)। शुक्रवार बिहान असमको मोरीगाउँ जिल्लाको जागीरोडस्थित शिलचाङ्गमा शुक्रवार बिहान एउटा जङ्गली हात्ती मृत अवस्थामा फेला परेको छ। हात्तीको टाउकोमा दुईवटा गोलीको निशान देखिएको छ। त्यसैले उक्त हात्तीको हत्या भएको हुनसक्ने आशङ्का गरिएको छ।
घटनाको जानकारी पाएपछि वन विभागका अधिकारी एवं पशु चिकित्सकहरूको टोली घटनास्थलमा पुग्यो। हाल हात्तीको मृत्युको सही कारण पत्तो लगाउन पोस्टमर्टम रिपोर्टको प्रतिक्षा गरिएको छ।
प्रारम्भिक जानकारी अनुसार हात्ती भोजनको खोजीमा खोलाहाट वन क्षेत्रबाट बाहिर आएको थियो। यसै अवधि उनको गोली दागी हत्या गरिएको आशङ्का गरिएको छ। मेघालयका शिकारीहरू यस घटनामा संलग्न रहेको आशङ्का गरिएको छ, यद्यपि यसको कुनै आधिकारिक रूपमा पुष्टि भएको छैन।
वन विभागको टोलीले घटनास्थलको निरीक्षण गरी आवश्यक अनुसन्धान शुरु गरेको छ। अधिकारीहरू अनुसार पोस्टमर्टम रिपोर्ट आएपछि मात्र हात्तीको मृत्युको सही कारण थाहा हुनेछ। रिपोर्टको आधारमा अग्रिम कानुनी कारबाही हुनेछ।
एक दशकभित्रमा 246 वटा हात्तीको मृत्यु
असम विधान सभामा प्रस्तुत गरिएको आधिकारिक तथ्याङ्क अनुसार विगत एक दशकभित्रमा राज्यमा मानव-हात्ती द्वन्द्वका घटनाहरूमा न्यूनतम 1,147 मानिस र 246 हात्तीको ज्यान गएको छ। यी तथ्याङ्कहरूले राज्यमा मानव-हात्ती द्वन्द्वको गम्भीरतालाई दर्शाउँछ।
--------
/ बिशाल