विश्वनाथ-गोहपुर सड़कको कायाकल्पलाई मुख्यमन्त्रीले प्रगतिको प्रतीक बताए
The image shared by Assam CM Dr Himanta Biswa Sarma.


गुवाहाटी, 13 नोभेम्बर (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त विश्व सरमाले शुक्रवार विश्वनाथ-गोहपुर सम्पर्क सड़कको परिवर्तित रूपलाई राज्यमा विकास एवं उन्नत सड़क सम्पर्कको प्रतीक बताए। उनले पछिल्लो वर्ष 2014 पूर्व यस सड़कको खराब अवस्थालाई स्मरण गर्दै भने, अब परिस्थिति पूर्ण रूपमा परिवर्तन भएको छ।

सोशल मिडियामा एउटा पोस्ट साझा गर्दै मुख्यमन्त्रीले विश्वनाथ-गोहपुर सड़कको नयाँ रूपको तस्वीर प्रस्तुत गरे। उनले भने, सड़कको वर्तमान अवस्थालाई देखेर उनलाई पुरानो दिनको याद आयो जतिबेला वर्ष 2014 भन्दाअघि सार्वजनिक कार्यक्रमहरूमा सहभागी हुनका लागि गोहपुर जाँदा यस सड़कको खराब अवस्था देखेका थिए।

उनले भने, ती दिनहरू अब बितिसकेका छन्। राज्यका जनतालाई राम्रो यातायात सुविधा प्रदान गर्न सरकारले निरन्तर प्रयास गरिरहेको छ।

असमको डबल इञ्जिन सरकारले जनतालाई राम्रो सड़क सम्पर्क तथा आधुनिक यातायात सुविधा प्रदान गर्ने प्रयास जारी राख्ने डा. सरमाले आश्वासन दिए।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande