
कोलकाता, 13 नोभेम्बर (हि.स.)। पश्चिम बङ्गालका राज्यपाल आरएन रविले छठ पूजाको शुभ अवसरमा राज्यवासी, विशेष गरी व्रतालुहरूलाई हार्दिक शुभकामना दिएका छन्।
पश्चिम बङ्गाल लोकभवनद्वारा शुक्रवार सामाजिक सञ्जालमा जारी सन्देशमा राज्यपालले छठको व्रत गर्ने सबै श्रद्धालु दाज्यु-भाइ तथा दिदी-बहिनीहरूलाई बधाई एवं शुभकामना दिए।
आफ्नो सन्देशमा राज्यपालले भने, छठ पूजा भारतीय संस्कृतिको आत्मा तथा देशको अनन्त आध्यात्मिक परम्पराको अनौठो प्रतीक हो। सूर्यास्त र उदाउँदो सूर्यलाई अर्घ्य दिने परम्पराको माध्यमबाट यस पर्वमा सूर्य उपासनाको प्राचीन परम्परा अभिव्यक्त हुन्छ। सूर्य जीवन एवं ऊर्जाका स्रोत हुन्। उनीप्रति कृतज्ञता व्यक्त गर्नका साथै यस पर्वले प्रकृतिसँग मानिसको गहिरो आध्यात्मिक सम्बन्धलाई पनि दर्शाउँछ।
राज्यपालले भने, छठ व्रतको कठोर साधना, तपस्या र संयम सूर्यदेव र छठी मैयाप्रति अटुट आस्था अनि भक्तिको सन्देश दिन्छ। यस पवित्र पर्वले परिवारहरूलाई एक सूत्रमा बाँध्नको साथै समाजमा आपसी सद्भाव, कृतज्ञता एवं एकताको भावनालाई बलियो बनाउँछ।
उनले कामना गरे, सूर्यदेव र छठी मैयाको कृपाले सबैको जीवनमा सुस्वास्थ्य, सुख एवं समृद्धि आओस् अनि समाज नयाँ ऊर्जा र सकारात्मक चेतनाले परिपूर्ण होस्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा