
तिनसुकिया (असम), 13 नोभेम्बर (हि.स.)। असमको तिनसुकिया जिल्लास्थित धालाको बोकापथार क्षेत्रमा आगलागी भएको कारण एउटा ग्यारेज र वरपरका धेरैवटा पसलहरू पूर्ण रूपमा जलेर नष्ट भएका छन्।
शुक्रवार प्राप्त जानकारी अनुसार राष्ट्रिय राजमार्ग नजिकै रहेको ग्यारेजमा सबैभन्दा पहिला आगो लाग्यो। हेर्दा-हेर्दै आगोले विकराल रूप लियो अनि द्रूत गतिमा वरपरका पसलहरूसम्म फैलियो। आगलागीको चपेटमा परी ग्यारेज सहित केही पसलहरू जलेर पूर्ण रूपमा नष्ट भएका छन्।
घटनाको सूचना पाउनसाथ तुरुन्तै फायर ब्रिगेडको टोली घटनास्थलमा पुग्यो। स्थानीय मानिसहरूको सहयोगमा दमकलकर्मीहरूले आगो निभाए।
घटनामा सम्पत्तिको व्यापक क्षति भएको बताइएको छ। यद्यपि आगलागीको सही कारण र आर्थिक क्षतिको मूल्याङ्कन हाल हुन सकेको छैन।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा