फुटबल म्याच भइरहँदा दर्शकदीर्घाको अस्थायी संरचना भत्किएर सात जना घाइते
बैठने के लिए बनाया गया टूटा हुआ ढांचा


खडगपुर, 13 नोभेम्बर (हि.स.)। पश्चिम मेदिनीपुर जिल्लाको पिङ्गलास्थित उत्पाताई क्षेत्रमा गए बिहीवार अबेर राती भएको मिनी फुटबल प्रतियोगितामा दर्शकहरू बस्नका लागि बनाइएको अस्थायी संरचना अचानक भत्कियो। यस घटनामा सात जना मानिसहरू गम्भीर रूपमा घाइते भएका छन्।

प्राप्त जानकारी अनुसार स्थानीय स्तरमा आयोजित फुटबल प्रतियोगितामा दर्शकहरू बस्ने अस्थायी व्यवस्था आयोजकले गरेको थियो। मध्यरातमा मैदानमा खेल भइरहेको बेला उक्त सम्पूर्ण संरचना अचानक भत्किएर झऱ्यो। यसले गर्दा त्यहाँ उपस्थित मानिसहरूमा आतङ्क फैलियो।

घटनापछि सबै घाइतेहरूलाई स्थानीयको सहयोगमा तुरुन्तै डेबरा सुपर स्पेशियालिटी अस्पतालमा लगियो जहाँ उनीहरूको उपचार भइरहेको छ।

घटनाको जानकारी पाएपछि भाजपाका घाटल सङ्गठनात्मक जिल्ला अध्यक्ष तन्मय दास अस्पतालमा पुगे अनि घाइतेहरूको स्वास्थ्यको बारेमा सोधपुछ गरे। सबै घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande