शोणितपुरमा सामान्य विवादमा साथीद्वारा युवकको हत्या
File photo of the Deceased.


शोणितपुर (असम), 13 नोभेम्बर (हि.स.)। असमको शोणितपुर जिल्लाको रङ्गापारास्थित फुलबाड़ी चिया बगानमा सामान्य विवाद हुँदैमा एकजना युवकको आफ्नै साथीले कथित हत्या गऱ्यो। यो घटना गए राती चिया बगानको श्रमिक लाइन नम्बर- 13 मा भएको हो जसको खुलासा शुक्रवार भयो।

प्राप्त जानकारी अनुसार मृतकको पहिचान अमर राउतिया उपनाम कामिलको रूपमा भएको छ। युवकको आफ्नो साथीसँग केही तुच्छ कुरालाई लिएर झगड़ा भएको बताइएको छ। चाँडै झगड़ा हिंसात्मक भयो र युवकको मृत्यु भयो।

यस हत्यामा कथित रूपमा संलग्न अभियुक्तको पहिचान लाडरूज इन्दुवारको रूपमा भएको छ जो मृतकको साथी रहेको बताइएको छ।

घटनाको जानकारी पाउनसाथ रङ्गपारा पुलिसले तुरुन्तै कारबाही गर्दै अभियुक्त लाडरूज इन्दुवारलाई हिरासतमा लियो। पुलिसले घटनाको अनुसन्धान गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande