श्रीभूमिमा युवकद्वारा दुई दाज्यु-भाइको हत्या, माता-पिता र अर्का भाइ गम्भीर घाइते, आरोपी पक्राउ
असमः श्रीभूमि जिले के निलाम बाजार इलाके में तीहरे हत्या कांड की जांच के लिए मौके पर पहुंची पुलिस टीम।


श्रीभूमि (असम), 13 नोभेम्बर (हि.स.)। श्रीभूमि जिल्ला अन्तर्गत दक्षिण करिमगञ्ज विधानसभा निर्वाचन क्षेत्रको निलामबजार क्षेत्रमा एक हृदयविदारक घटना प्रकाशमा आएको छ। एकजना युवकले कथित रूपमा गए अबेर राती आफ्नै परिवारमाथि घातक आक्रमण गर्दै दुई दाज्यु-भाइको हत्या गऱ्यो। पुलिसले आज बतायो, हमलामा माता-पिता र अर्को भाइ गम्भीर रूपमा घाइते भएका छन्। तीनै जनाको अवस्था गम्भीर रहेको बताइएको छ।

अभियुक्तको पहिचान फारुख अहमदको रूपमा भएको छ जसले आफ्ना परिवारका सदस्यहरूमाथि क्रूरतापूर्वक आक्रमण गऱ्यो जसमा उसका दुवै दाज्यु-भाइको मृत्यु भयो। गम्भीर रूपमा घाइते माता-पिता र भाइलाई उन्नत उपचारका लागि सिलचर मेडिकल कलेज एवं अस्पतालमा पठाइएको छ।

सूचना पाउनसाथ घटनास्थलमा पुलिसका अधिकारीहरू तथा फरेन्सिक कर्मचारीहरू घटनास्थलमा पुगे अनि घटनाको अनुसन्धान शुरु गरे। यसैबीच पुलिसको टोलीले एउटा अभियान चलाएर मुख्य अभियुक्त फारुख अहमदलाई पक्राउ गऱ्यो।

यस भयानक हत्याको कारण अझै थाहा हुन सकेको छैन। पुलिसले घटनाको अनुसन्धान शुरु गरेको छ भने सबै कोणबाट घटनाको अनुसन्धान गरिरहेको छ।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande