असम भाजपाका नयाँ प्रभारी मङ्गल पाण्डेले सङ्गठनात्मक बैठकहरूको कमान गरे
असम प्रदेश भाजपा मुख्यालय में आयोजित कार्यक्रम को संबोधित करते नवनियुक्त प्रदेश भाजपा प्रभारी मंगल पांडेय


गुवाहाटी, 02 नोभेम्बर (हि.स.)। असममा भारतीय जनता पार्टी (भाजपा) को सङ्गठनात्मक गतिविधिहरू तीव्र भएका छन्। पार्टीका नवनियुक्त प्रदेश प्रभारी मङ्गल पाण्डे एवं सह-प्रभारीद्वय फोङ्गनान कोन्याक, मनोज तिग्गाले सोमवार राज्य भाजपाको मुख्यालयमा वरिष्ठ नेता एवं पार्टी कार्यकर्ताहरूसँग केही महत्त्वपूर्ण बैठकहरूमा भाग लिए।

प्रदेश भाजपा मुख्यालय अटल बिहारी वाजपेयी भवनमा आज प्रदेश भाजपाका तीनै प्रभारीहरूलाई भव्य स्वागत गरियो। यस अवसरमा प्रदेश भाजपाका अध्यक्ष दिलीप सैकिया, केन्द्रिय मन्त्री सर्वानन्द सोनोवाल लगायत असम मन्त्रीपरिषद्का मन्त्री र विधायकहरू तथा ठूलो सङ्ख्यामा वरिष्ठ भाजपा नेता औ कार्यकर्ताहरू उपस्थित थिए।

मङ्गल पाण्डेको नेतृत्वमा आयोजित बैठकहरूको शृङ्खला लामो समयसम्म चल्ने भएको छ। यस अवधि पार्टीको सङ्गठनात्मक मामिला, गतिविधि एवं राज्यमा सङ्गठनको समन्वयसँग सम्बन्धित विभिन्न विषयहरूमा छलफल भइरहेको छ।

नयाँ राज्य प्रभारीको उपस्थितिमा भइरहेको यी बैठकहरूलाई असममा भाजपाको सङ्गठनात्मक संरचनालाई बलियो बनाउन र भविष्यको कार्य योजना बनाउनको लागि महत्त्वपूर्ण मानिएको छ।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande