
हैलाकान्दी (असम), 02 नोभेम्बर (हि.स.)। असमको हैलाकान्दी जिल्लामा रेलको चपेटामा परी एकजना 16 वर्षीया बालिकाको मृत्यु भयो। मृतकाको पहिचान काबेरीका रूपमा भएको छ।
पुलिसले आज दिएको जानकारी अनुसार कावेरी रेल ट्रयाक किनारमा पैदल हिँड़िरहेकी थिइन्। यसै अवधि सैराङ्ग-कोलकाता एक्सप्रेस त्यहाँबाट गुज्रिरहेको थियो। भनिन्छ, किशोरीको दुपट्टा चलिरहेको रेलमा फस्यो जसकारण उनी रेलमुनि परिन्। घटनामा उनको घटनास्थलमै मृत्यु भएको हो।
घटनाको जानकारी पाउनसाथ पुलिसले घटनास्थलमा पुगेर शवलाई कब्जामा लिई पोस्टमर्टम गर्नको लागि हैलाकान्दीस्थित एसके रोय सिभिल अस्पतालमा पठाइयो।
उल्लेखनीय छ, जिल्लामा रेलवेसँग सम्बन्धित यो दोस्रो दुःखद घटना हो। यसअघि हैलाकान्दी रेलवे स्टेशनमा रेलबाट ओर्लिने प्रयास गरिरहेकी 19 वर्षीय एकजना छात्रको मृत्यु भएको थियो। निरन्तर भइरहेका यस्ता घटनाका कारण यस क्षेत्रमा शोकको वातावरण सृजना भएको छ।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा