
अमरावती, ०२ नोभेम्बर (हि.स.)। बङ्गालको खाड़ीमा उत्पन्न चक्रवाती तूफान ‘मुरासु’ अब शक्तिशाली चक्रवाती तूफानमा परिणत भएको छ। समुद्रमा यसको गति र तीव्रता निरन्तर बढ़िरहेको छ। भारतीय मौसम विज्ञान विभाग (आईएमडी) अनुसार, तूफानले नोभेम्बर २ को मध्यरातदेखि नोभेम्बर ३ को बिहान सबेरैसम्म आन्ध्र प्रदेशको तट पार गर्ने सम्भावना छ। यस अवधि राज्यका विभिन्न जिल्लामा भारी वर्षा हुनसक्छ।
आईएमडीको बुलेटिन अनुसार, पश्चिम-मध्य तथा त्यससँग जोड़िएको दक्षिण-पश्चिम बङ्गालको खाड़ीमा रहेको चक्रवाती तूफान पछिल्लो छह घण्टामा २० किलोमिटर प्रतिघण्टाको गतिले उत्तर-पश्चिम दिशातर्फ अघि बढ़ेको छ। यसको तीव्रता बढ्दै जाँदा यो शक्तिशाली चक्रवाती तूफानमा परिणत भएको हो। सोमवार बिहान २ः३० बजी यो सोही क्षेत्रमा केन्द्रित थियो।
मौसम विभागले गरेको अनुमान अनुसार, तूफान उत्तर-पश्चिम दिशातर्फ अघि बढ्दै मङ्गलवार बिहान सबेरै नेल्लोर र नरसापुरको बीचमा ओङ्गोल वरपरबाट दक्षिण आन्ध्र प्रदेशको तट पार गर्न सक्छ। यस अवधिमा हावाको गति १०० देखि ११० किलोमिटर प्रतिघण्टासम्म पुग्न सक्छ भने हावाको झोक्काको गति १२० किलोमिटर प्रतिघण्टासम्म पुग्ने अनुमान गरिएको छ।
चक्रवातको जोखिमलाई ध्यानमा राख्दै आन्ध्र प्रदेश राज्य विपद् व्यवस्थापन प्राधिकरण (एपीएसडीएमए) ले सर्वसाधारणलाई सतर्क रहन सल्लाह दिएको छ। एपीएसडीएमएका प्रबन्ध निदेशक तथा रियल टाइम गभर्नेन्स सोसाइटी (आरटीजीएस) केन्द्रका प्रमुख कार्यकारी अधिकृत प्रखर जैनले सोमवार र मङ्गलवार दक्षिण तटीय आन्ध्र प्रदेश तथा रायलसीमा क्षेत्रमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेको बताए।
सोमवार कृष्णा, गुण्टुर, बापटला, प्रकाशम, मार्कापुरम र नेल्लोर जिल्लाका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा हुनसक्छ। केही एक वा दुई स्थानमा अत्यन्तै भारी वर्षा हुने आशङ्का पनि व्यक्त गरिएको छ।
यस बाहेक एलुरु, पूर्वी गोदावरी, पश्चिमी गोदावरी, पलनाडु, तिरुपति र चित्तुर जिल्लाका केही भागमा अति भारी वर्षा हुने सम्भावना छ। अल्लुरी, पोलावरम, काकिनाडा र कोनसीमा जिल्लाका केही क्षेत्रमा भारी वर्षा हुनसक्ने अनुमान गरिएको छ। नन्द्याल, वाईएसआर कडप्पा र अन्नमय्या जिल्लाका केही क्षेत्रमा पनि भारी वर्षा हुन सक्छ।
राहत तथा उद्धार कार्यका लागि राष्ट्रिय विपद् प्रतिक्रिया बल (एनडीआरएफ) का छवटा र राज्य विपद् प्रतिकार बल (एसडीआरएफ) का सात वटा टोली तैनाथ गरिएका छन्। यसैबीच, मुख्यमन्त्री एन. चन्द्रबाबु नायडूले वरिष्ठ अधिकारीहरूसँग बैठक गरी चक्रवातका कारण राज्यमा पर्न सक्ने सम्भावित प्रभावको समीक्षा गरेका छन्।
आन्ध्र प्रदेशका उपमुख्यमन्त्री पवन कल्याण पनि चक्रवातको सामना गर्न सक्रिय भएका छन्। उनले अधिकारीहरूलाई जुनसुकै परिस्थितिमा पनि जनधनको सुरक्षा सुनिश्चित गर्न तथा आवश्यक परे तल्लो भूभागमा बसोबास गर्ने मानिसहरूलाई सुरक्षित स्थानमा सार्न निर्देश दिएका छन्।
हिन्दुस्थान समाचार / भवानी थामी