आक्रमणमा चार जना पुलिस घाइते
आक्रमणमा चार जना पुलिस घाइते


नगाउँ (असम), ०२ नोभेम्बर (हि.स.)। नगाउँ जिल्लाको सामागुड़ी क्षेत्रमा ट्रक चालक र सहचालकले गरेको आक्रमणमा चार जना पुलिस घाइते भएका छन्। पुलिसले सोमवार दिएको जानकारी अनुसार, रक्सीको नशामा रहेका दूध बोक्ने ट्रकका चालक र अर्का एक व्यक्तिले सामागुड़ी पुलिसमाथि आक्रमण गरेका थिए। घाइते हुनेमा एक जना पुलिस उपनिरीक्षक पनि छन्।

दुवै आरोपीले आइतवार राति गरेको आक्रमणमा पुलिस उपनिरीक्षक विकास बोरा, कन्स्टेबल निशान ज्योति बोरा, पल्लव बन्ठाई र भाइटी इङ्ती घाइते भएका छन्। उनीहरू सबैलाई उपचारका लागि अस्पतालमा भर्ती गरिएको छ।

पुलिसले यस घटना सम्बन्धमा प्राथमिकी दर्ता गरी आक्रमणमा संलग्न दुवै आरोपीलाई पक्राउ गरेको छ। पुलिसले घटनाको गम्भीरतापूर्वक अनुसन्धान गरिरहेको छ।

/ बिशाल


 rajesh pande