गान्तोकका जिल्लापाल र पुलिस अधीक्षकले राज्यपालसँग शिष्टाचार भेट गरे
गान्तोकका जिल्लापाल र पुलिस अधीक्षकले राज्यपालसँग शिष्टाचार भेट गरे


गान्तोक, ०२ नोभेम्बर (हि.स.)। सिक्किमका नवनियुक्त राज्यपाल दुष्यन्त गौतमसँग गान्तोकका जिल्लापाल रोहन अगवाने र वरिष्ठ पुलिस अधीक्षक डा. छिरिङ नामग्याल ग्याछोले सोमबार लोकभवनमा शिष्टाचार भेट गरेका छन्।

भेटका क्रममा राज्यपाल गौतमले दुवै अधिकारीसँग उनीहरूका सम्बन्धित विभागको कार्यप्रणालीबारे जानकारी लिएका थिए। जिल्लापाल अगवानेले राज्यपाललाई जिल्लामा सञ्चालित प्रशासनिक गतिविधि तथा विभिन्न विकासमूलक कार्यहरूको प्रगतिबारे अवगत गराए। भौगोलिक रूपमा संवेदनशील क्षेत्र भएकाले राज्यपालले जिल्लाको आपदा प्रबन्धन तयारी तथा वर्षायाममा उत्पन्न हुने सम्भावित चुनौतीहरूबारे जानकारी लिए।

यसैगरी, वरिष्ठ पुलिस अधीक्षक डा. ग्याछोले जिल्लाको शान्ति सुरक्षा, कानुन व्यवस्था तथा समग्र सुरक्षा अवस्थाबारे राज्यपाललाई जानकारी गराए।

राज्यपाल गौतमले समाजमा शान्ति र सुरक्षा कायम राख्न प्रशासन तथा पुलिस प्रशासनले निर्वाह गर्ने महत्त्वपूर्ण भूमिकालाई उल्लेख गर्दै उनीहरूको योगदानको चर्चा गरेका थिए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande