कालेबुङमा खानेपानी संकटको समाधानको मागमा ऱ्याली, जिल्लापाल कार्यालय घेराउ
कालेबुङमा खानेपानी संकटको समाधानको मागमा ऱ्यालीको साथमा जिल्लापाल कार्यालय घेराउ


कालेबुङ, ०२ नोभेम्बर (हि.स.)। कालेबुङमा विगत ११ दिनदेखि खानेपानी संकटको चलिरहेकाले आज जनकल्याण समितिद्वारा कालेबुङ जिल्लापाल कार्यालय घेराउ गरिएको छ। लगातार ११ दिनदेखि खानेपानी नआएपछि कालेबुङ शहरवासीको जनजीवन प्रभावित बनेको छ। यसैबीच कालेबुङ जनकल्याण समितिको आयोजनामा आज कालेबुङ बजारमा विरोध र्याली पनि निकालियो। र्यालीले शहर परिक्रमा गर्दै जिल्लापाल कार्यालय पुगेर घेराउ गरेको थियो। समितिले कालेबुङमा पानीको समस्यालाई लिएर जिल्लापाललाई ज्ञापन पत्र बुझाउँदै तत्काल पानीको आपूर्ति सुचारु गर्न माग गरेको छ। यस क्रममा पानीको समस्यालाई लिएर आन्दोलनकारीहरुले स्पष्ट सन्देश दिएको छ, ‘पानी देऊ, नत्र जवाफ देऊ!’

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande