जङ्गलको झाड़ीमा तीन घण्टाअघि जन्मिएको नवजात शिशु फेला, एनआईसीयूमा भर्ती
1 फोटो


आगरमालवा, ०२ नोभेम्बर (हि.स.)। मध्य प्रदेशको आगरमालवा जिल्ला स्थित बर्डाबरखेडा गाउँको जङ्गलमा सोमवार बिहान झाड़ीमा जीवित नवजात शिशु फेला परेको छ। शिशु रोएको आवाज सुनेपछि स्थानीयले झाड़ीमा बच्चा रहेको थाहा पाएका थिए।

सूचना पाएपछि घटनास्थल पुगेको पुलिस र डायल ११२ को टोलीले एम्बुलेन्सको सहयोगमा शिशुलाई जिल्ला अस्पताल पुर्यायो। हाल शिशुलाई अस्पतालको एनआईसीयूमा भर्ती गरी उपचार भइरहेको छ। चिकित्सक अनुसार, बच्चाको अवस्था स्थिर छ।

पुलिस अनुसार, जन्मिएको लगभग तीन घण्टापछि नै नवजात शिशुलाई जङ्गलको झाड़ीमा छाड़िएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

पुलिसले घटनाको अनुसन्धान शुरु गरेको छ। शिशुलाई झाड़ीमा छाड़ेर जाने व्यक्तिको पहिचान गर्न र घटनाको कारण पत्ता लगाउन प्रयास भइरहेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande