सोनादामा सामाजिक नाटक 'भिरको चिण्डो' को सफल प्रदर्शन
सोनादामा सामाजिक नाटक 'भिरको चिण्डो' को सफल  प्रदर्शन


सोनादा, ०२ नोभेम्बर (हि.स.)। धेरै वर्षको अन्तरालपछि सोनादा लगायत वरपरका नाटक प्रेमी श्रोताहरुले मुग्ध कण्ठले रूचाए सामाजिक नाटक भिरको चिण्डो। वर्तमान सामाजिक अनि पहाडको जल्दोबल्दो समस्याहरुलाई जस्ताको तस्तै रंगमञ्चमा उतार्न यो नाटक सक्षम सोनादा नाट्य टोलीमा सबै उम्दा अनि नवोदित कलाकारहरु रहेका थिए।

यस नाटकका लेखक अनि निर्देशक नितेन लामाले वर्तमान पहाडमा शिक्षित युवा पुस्ताको जल्दोबल्दो समस्याहरूलाई केन्द्रमा राखेर भिरको चिण्डो सामाजिक नाटक सोनादाको न्यु लाइट क्लब सार्वजनिक भवन मञ्चन गरियो। उक्त नाटक अपार दर्शकहरुको भीडमा कलाकारहरुले मञ्चन गरेर सोनादा क्षेत्रका नाटक प्रेमी दर्शकहरुलाई एउटा छुट्टै रसास्वादन दिलाउन सफल भएको दर्शकहरुको भनाई छ।

गत केही महिना अघि दार्जिलिङको एउटा नाटक प्रतियोगितामा पनि मञ्चन भएको उक्त नाटक 'भीरको चिण्डो' आज सोनादाका दर्शकहरुले रुचाएको जानकारी प्राप्त भएको छ। यस नाटकमा मुख्य पात्रहरुमा विशेष संजीव सुब्बा, सीमा तामाङ, समीर शर्मा, जाइन्द्र गुरुङ, मीना राई, कुन्जुला वाइबा, नितेन लामा रहेका थिए।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande