
कोकराझार (असम), 02 नोभेम्बर (हि.स.)। विकसित भारतको निर्माणमा युवाहरूको सहभागिता सुनिश्चित गर्न तथा लोकतान्त्रिक प्रक्रियाप्रति उनीहरूमा चेतना बढ़ाउनको लागि आगामी 7 नोभेम्बरमा कोकराझार जिल्लामा विकसित भारत युवा संसद-2026 को आयोजन माई भारत केन्द्र, कोकराझारले बोडोफा यूएन ब्रह्म कलेजको सहकार्यमा गरिरहेको छ।
यस सन्दर्भमा आज बोडोफा यूएन ब्रह्म कलेज क्याम्पसमा आयोजित पत्रकार सम्मेलनमा राय दासले कार्यक्रमको विवरण दिँदै जिल्ला स्तरको युवा संसदले युवाहरूलाई 'एक राष्ट्र, एक निर्वाचन' जस्ता महत्त्वपूर्ण राष्ट्रिय विषयवस्तुमा आफ्नो विचार प्रस्तुत गर्ने अवसर प्रदान गर्ने जानकारी दिए।
उनले बताए, यस प्रतियोगितामा भाग लिनका लागि युवाहरूको उमेर 18 देखि 25 वर्षबीच हुनुपर्छ। यसको लागि निर्धारित कट-अफ मिति 17 अगस्त, 2026 हो। प्रतिभागीहरूले असमिया, हिन्दी वा अङ्ग्रेजीमा आफ्नो विचार प्रस्तुत गर्न सक्नेछन्। प्रत्येक प्रतिभागीलाई अधिकतम तीन मिनेट दिइनेछ।
यो कार्यक्रम बोडोफा यूएन ब्रह्म कलेजमा 7 नोभेम्बर, 2026-को बिहान 11 बजे हुनेछ। इच्छुक तथा योग्य युवाहरूले माई इण्डियाको आधिकारिक पोर्टल मार्फत आफूलाई दर्ता गर्न सक्नेछन्।
पञ्जीकरणकाो लागि आधिकारिक लिङ्क यस प्रकार छः
https://mybharat.gov.in/vo/pages/event_detail?event_name=Viksit-Bharat-Youth-Parliament-2027&key = 238229124823
आयोजकहरूले जिल्लाका योग्य युवाहरूलाई यस कार्यक्रममा व्यापकरूपमा भाग लिने अपील गरेका छन् ताकि राष्ट्रिय महत्वका विषयहरूमा उनीहरूले आफ्नो सोंच, विचार एवं दृष्टिकोण प्रस्तुत गर्न सकुन् अनि लोकतान्त्रिक विमर्शमा सक्रिय रूपमा सहभागी हुनसकुन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा