प्रधानमन्त्रीद्वारा गुजरात र राजस्थानमा भएका सड़क दुर्घटनाप्रति दुःख व्यक्त
प्रधानमंत्री नरेन्द्र मोदी (फाइल फोटो)


नयाँ दिल्ली, २२ नोभेम्बर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले दुई अलग-अलग सड़क दुर्घटनाप्रति दुःख व्यक्त गर्दै दुर्घटनामा ज्यान गुमाउने प्रत्येक व्यक्तिका परिवारलाई प्रधानमन्त्री राष्ट्रिय राहत कोष (पीएमएनआरएफ) बाट दुई-दुई लाख रुपियाँ र घाइतेहरूलाई ५०-५० हजार रुपियाँ आर्थिक सहायता प्रदान गर्ने घोषणा गरेका छन्।

प्रधानमन्त्रीले एक्समा लेखेका छन्, “गुजरातको कच्छ र राजस्थानको कोटामा भएका दुःखद दुर्घटनामा मानिसहरूको मृत्यु भएको खबरले निकै दुःखी भएको छु। दुःखको यस घड़ीमा मेरो समवेदना पीड़ित परिवारहरूसँग छ। घाइतेहरू शीघ्र स्वस्थ होऊन् भन्ने कामना गर्दछु।

पीएमएनआरएफबाट दुर्घटनामा ज्यान गुमाउने प्रत्येक व्यक्तिका परिवारलाई दुई-दुई लाख रुपियाँ अनुग्रह राशि प्रदान गरिनेछ। घाइतेहरूलाई ५०-५० हजार रुपियाँ दिइनेछ।”

/ बिशाल


 rajesh pande