राजस्थानमा भएको सड़क दुर्घटनाप्रति राष्ट्रपतिद्वारा दुःख व्यक्त
राष्ट्रपति द्रौपदी मुर्मु (फाइल फोटो)


नयाँ दिल्ली, २२ नोभेम्बर (हि.स.)। राष्ट्रपति द्रौपदी मुर्मुले राजस्थानको कोटा-उदयपुर राष्ट्रिय राजमार्गमा शम्भूपुरा गाउँ नजिक शनिवार र आइतवारको मध्यराति १ बजी भएको सड़क दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेकी छन्।

राष्ट्रपतिले एक्समा लेखेकी छन्, “कोटामा भएको सड़क दुर्घटनामा मानिसहरूको मृत्यु भएको समाचार अत्यन्त दुःखद छ। म मृतकका परिवारजनप्रति गहिरो शोक संवेदना व्यक्त गर्दछु तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।”

उल्लेखनीय छ, यस दुर्घटनामा महाराष्ट्रको एउटै परिवारका नौ सदस्यको मृत्यु भएको थियो। दुर्घटनामा कैयौँ व्यक्ति घाइते भएका छन्। पुलिस अनुसार, क्रुजर गाड़ीमा महाराष्ट्रको धुले जिल्लाका एउटै परिवारका १६ जना यात्रा गरिरहेका थिए। परिवार धार्मिक स्थलहरूको दर्शन गर्न मंगलवार महाराष्ट्रबाट प्रस्थान गरेको थियो। श्रद्धालुहरूले पहिले मध्यप्रदेशको ओंकारेश्वर र त्यसपछि राजस्थानको पुष्कर तथा खाटूश्यामजीमा दर्शन गरेका थिए। शनिवार राति सबैजना आफ्नो घर फर्किरहेका थिए। त्यही क्रममा यो दुर्घटना भएको थियो।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande