गोरेश्वरको अमरिश नगरम जङ्गली हात्तीहरूको उत्पातले ग्रामीणहरू आतङ्कित
असमः जोरहाट जिला के टियोक इलाके में धान के खेत में घुसे जंगली हाथियों को खदेड़े जाने का दृश्य।


बाक्सा (असम), 22 नोभेम्बर (हि.स.)। बक्सा जिल्ला अन्तर्गत गोरेश्वरको अमरिश नगरमा जङ्गली हात्तीहरूको उत्पात अहिलेघरि निकै बढेको छ जसकारण हात्ती-मानव द्वन्द्वले भयानक रूप लिएको छ। जङ्गली हात्तीहरूको आतङ्कको कारणले अहिले अमरिश नगरका मानिसहरू राती निदाउन पनि सकिरहेका छैनन्।।

स्थानीय मानिसहरूको भनाइ छ, रात बित्दै जाँदा जङ्गली हात्तीको आगमनले सम्पूर्ण क्षेत्रमा आतङ्क फैलाउँछ। वन विभागका कर्मचारीहरू उपस्थित रहे पनि तामुलपुर जिल्लाको वन विभाग हात्ती लखेट्न असफल भइरहेको छ। गए शनिवार राति जङ्गली हात्तीको झुण्ड फेरि गाउँमा प्रवेश गरेको थियो। यसले गर्दा सम्पूर्ण क्षेत्रमा तीव्र तनाउ र आतङ्कपूर्ण स्थिति उत्पन्न भयो। गाउँलेहरूले प्रशासनसँग हात्ती-मानव द्वन्द्वको स्थायी समाधानको माग गर्दै आएका छन्। राती ढिलोसम्म वन विभाग र गाउँलेहरूले हात्तीलाई जङ्गलमा लखेट्ने अभियान चलाइरहेको देखिएको थियो।

उल्लेखनीय छ, खेतमा धानको बाली पाक्नसाथ जङ्गली हात्तीहरू आवासीय क्षेत्रमा आउन थाल्छन्। धानको सुगन्ध जङ्गली हात्तीले लामो दुरीबाटै महसूस गर्ने हुनाले जङ्गली हात्तीको झुण्ड धान खान जङ्गलबाट बाहिर निस्केर खेत र गाउँमा प्रवेश गर्छ। यसले सम्पत्तिको नोक्सानसितै कहिलेकाहीँ मानव जीवनको नोक्सान समेत निम्त्याउँछ। हिजोआज राज्यभरि नै जङ्गली हात्तीहरूको उत्पात देखिँदैछ।

/ बिशाल


 rajesh pande