
कोलकाता, 22 नोभेम्बर (हि.स.)। पश्चिम बङ्गालको हिङ्गलगञ्ज विधानसभा निर्वाचन क्षेत्रकी भाजपा विधायक रेखा पात्रा अचानक अस्वस्थ भएरपछि उनलाई कोलकाताको एउटा अस्पतालमा भर्ना गरिएको छ। उनको अवस्था गम्भीर रहेको बताइएको छ। उनलाई अस्पतालमा भेन्टिलेटरमा राखिएको छ। चिकित्सकीय सूत्र अनुसार उनको शरीरमा विषाक्त पदार्थको प्रभाव रहेको लक्षण फेला परेको छ।
प्राप्त जानकारी अनुसार गए शनिवार राती लगभग 9 बजे रेखा पात्रा आफ्नो हिङ्गलगञ्जस्थित निवासमा अचानक बिरामी परिन्। उनलाई तत्कालै स्थानीय अस्पतालमा लगियो जहाँ प्राथमिक उपचारपछि उनको अवस्था झन् बिग्रियो। त्यसपछि उनलाई बसिरहाट सुपर स्पेशियालिटी अस्पतालमा लगियो। त्यहाँ उनलाई क्रिटिकल केयर यूनिट (सीसीयू)- मा राखिएको थियो।
करिब चार घण्टाको उपचारपछि पनि उनको अवस्थामा अपेक्षित सुधार भएन। त्यसपछि डाक्टरको सल्लाहमा उनलाई कोलकाताको अस्पतालमा सारियो। उनी अहिले अस्पतालको आईटीयूमा डाक्टरहरूको निगरानीमा छन्। उनलाई भेन्टिलेटर सपोर्टमा राखिएको छ।
अस्पताल सूत्र अनुसार चिकित्सक युधाजित सेनगुप्ताको सुपरिवेक्षणमा उनको उपचार भइरहेको छ। आइतवार बिहान राज्यका स्वास्थ्यमन्त्री शीरद्वत मुखोपाध्याय पनि उनको स्वास्थ्य बारे सोधपुछ गर्न अस्पताल पुगे। शनिवार राती विधायक बसिरहाट अस्पताल पुग्दा बेहोस भएको बताइएको छ। उनलाई अक्सिजन र स्लाइन दिइएको थियो।
यद्यपि उनको शरीरमा विषाक्त प्रभावको सही कारण र उनी अचानक बिरामी परेको परिस्थिति अझै थाहा हुन सकेको छैन। यस विषयमा जिल्ला भाजपाको नेतृत्वबाट पनि कुनै आधिकारिक बयान आएको छैन।
उल्लेख्य, रेखा पात्रा सन्देशखलीमा तृणमूल कङ्ग्रेस नेताहरूको विरोधमा भएको आन्दोलनमा एक प्रमुख अनुहारको रूपमा उदाएकी थिइन्। त्यसपछि भाजपाले उनलाई लोकसभा चुनाउमा बसिरहाट सीटबाट उम्मेद्वार बनाएको थियो, तर उनी असफल भइन्। वर्ष 2026- को विधानसभा चुनाउमा उनले हिङ्गलगञ्ज सीटबाट विजय हासिल गरेर विधायक बनेकी छन्।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा