भाजपाका नेता प्रलय पालको फेसबुक पोस्टबाट पार्टीमा किचलो
भाजपा झंडा फाइल चित्र


मेदिनीपुर, 22 नोभेम्बर (हि.स.)। पश्चिम बङ्गाल भाजपामा नेताहरूको बयानलाई लिएर भइरहेको विवादबीच तमलुक सङ्गठनात्मक जिल्ला उपाध्यक्ष प्रलय पालको अर्को फेसबुक पोस्ट चर्चाको विषय बनेको छ। उनको पोस्टलाई लिएर पार्टीभित्र फेरि एक पटक राजनीतिक किचलो उत्पन्न भएको छ। तर प्रलय पालले आफ्नो पोस्टको पछाड़ि कुनै राजनीतिक उद्देश्य नरहेको स्पष्ट पारेका छन्।

गए शनिवार प्रलय पालले कसैको नाम नलिई फेसबुकमा लेखेका थिए, विरोध गर्न डराउँछौं? मलाई डर लाग्दैन। किनभने अधिकाधिक क्षति भनेको मृत्यु हुन्छ जसबाट म डराउँदिनँ।” उनको टिप्पणीलाई भाजपाका शीर्ष नेतृत्वको हालैको चेताउनीसँग जोड़ेर हेरिँदैछ।

वास्तवमा हालैमा भाजपाका प्रदेश अध्यक्ष शमिक भट्टाचार्यले पार्टी नेताहरूको सार्वजनिक बयानको सम्बन्धमा दिशानिर्देश जारी गरेका थिए। यसको भोलिपल्ट प्रलाय पालले फेसबुकमा टिप्पणी गर्दै लेखेका थिए, पार्टीभित्रै विशेष गहन पुनरीक्षण (एसआईआर)-को खाँचो छ। उनले प्रदेश अध्यक्षलाई सम्बोधन गर्दै यो भनि भनेका थिए, दुःखको कुरा के छ भने उनको कुरा कसैले सुनिरहेका छैनन्।

आफ्नो पोस्टको बारेमा उनले भने, उनले 60 वर्षको उमेर लिएर आएका छन्, 600 वर्षको होइन। तसर्थ बाँचुञ्जेलसम्म शिर खड़ा गरेर राख्नेछन् र आफ्नो कुर राख्नेछन्। वीरेन्द्र शासमलको धरती मेदिनीपुरले उनलाई शिर खड़ा गरेर बोल्न सिकाएको छ। उनले आफ्नो फेसबुक पोस्टको पछाडि कुनै राजनीतिक कारण नभएको र सामान्य रूपमा आफ्नो भावना व्यक्त गरेको दाबी गरे।

उल्लेखनीय छ, वर्ष 2021- को विधानसभा चुनाउअघि प्रलय पाल र तत्कालीन मुख्यमन्त्री ममता ब्यानर्जीमाझ भएको कथित कुराकानीको अडियो सामाजिक सञ्जालमा प्रसारित भएको थियो। त्यसताक शुभेन्दु अधिकारी नन्दीग्रामबाट भाजपाका उम्मेदवार थिए। भाइरल अडियोको प्रामाणिकता स्वतन्त्र रूपमा पुष्टि भएको थिएन। तथापि यस घटनापछि पूर्व मेदिनीपुरको राजनीतिमा प्रलय पाल चर्चित भएका थिए।

शनिवार साँझ भाजपाका मुख्य प्रदेश प्रवक्ता देवजित सरकारले भने, पार्टीका शीर्ष नेतृत्वले यो मामिलालाई हेरिरहेका छन्। अर्कोतिर भाजपाका तमलुक सङ्गठनात्मक जिल्ला महासचिव मेघनाद पालले भने, प्रलय पालले फेसबुकमा किन यस्ता कुराहरू लेखिरहेका छन् भन्ने कुरा भन्न गाह्रो छ। उनका अनुसार यो मुद्दाको राजनीतिसँग कुनै सम्बन्ध छैन।

--------

/ बिशाल


 rajesh pande