डीएसडीएको सातौँ बोर्ड बैठकमा दिघाको पर्यटन पूर्वाधारलाई आधुनक बनाउनेमाथि चर्चा
दीघा में विकास प्राधिकरण की बैठक में उपस्थित अधिकारीगण


कोलकाता, 22 नोभेम्बर (हि.स.)। पूर्व मेदिनीपुर जिल्लाको न्यू दिघास्थित दिघा-शङ्करपुर विकास प्राधिकरण (डीएसडीए)- को कार्यालय सभाकक्षमा गए शनिवार अबेर सांझ प्राधिकरणको सातौँ बोर्ड बैठक सम्पन्न भयो। बैठकमा दिघाको पर्यटन पूर्वाधारको विकास, नयाँ पर्यटकीय आकर्षण केन्द्रहरूको निर्माण तथा विभिन्न विकास परियोजनाहरू चाँड़ै सम्पन्न गर्ने लगायत विभिन्न महत्वपूर्ण विषयहरूमा विस्तृत चर्चा गरियो।

बैठकमा पूर्व मेदिनीपुरका पुलिस अधीक्षक अंशुमन साहा, जिल्ला मेजिस्ट्रेट निरन्तर कुमार, कान्थी लोकसभा निर्वाचन क्षेत्रका सांसद सौमेन्दु अधिकारी एवं विभिन्न प्रशासनिक अधिकारीहरू उपस्थित थिए।

बैठकमा दिघालाई थप आकर्षक, आधुनिक तथा पर्यटक अनुकूल पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले केही योजनाहरू अनि भविष्यका कार्य योजनाहरूमाथि विचार-विमर्श गरियो। पर्यटन सम्बन्धी आधारभूत सुविधाहरूलाई सर्वश्रेष्ठ बनाउने तथा विकास परियोजनाको द्रुत कार्यान्वयनमा विशेष जोड़ दिइयो।

--------

/ बिशाल


 rajesh pande