
दुर्गापुर, 22 नोभेम्बर (हि.स.)। दुर्गापुरको व्यस्त डीएमसी चौरस्तामा विश्व बङ्गलाको लोगोको सट्टा अब बजरङ्गबलीको विशाल मूर्ति प्रतिस्थापन गरिनेछ। यो मूर्तिको उद्घाटन मुख्यमन्त्री शुभेन्दु अधिकारीले आगामी 27 नोभेम्बरको दिन गर्ने सम्भावना रहेको छ। कार्यक्रमका लागि तयारी शुरु गरिएको छ।
बितेको शनिवार साँझ जिल्ला मेजिस्ट्रेट, पुलिस अधिकारी एवं दुर्गापुर पश्चिमका विधायक लक्ष्मण घुरुईले प्रस्तावित स्थलको निरीक्षण गरे। यस अवसरमा सुरक्षा व्यवस्था, ट्राफिक नियन्त्रण तथा उद्घाटन समारोहका तयारीहरूलाई लिएर चर्चा गरियो।
विधायक लक्ष्मण घुरुईले बताए, दुर्गा पूजामा अयोध्याको राम मन्दिर जस्तै बनाइएको मण्डपमा बजरङ्गबलीको 30 फुट अग्लो मूर्ति स्थापना गरिएको थियो जसलाई मानिसहरूले धेरै मनपराएका थिए। पूजा प्रतियोगितामा पनि यस मण्डपले प्रथम पुरस्कार जित्यो। त्यसपछि स्थायी रूपमा मूर्ति स्थापना गर्ने निर्णय गरियो।
विधायक अनुसार एडीडीएको अनुमति लिएर विश्व बङ्ला लोगोको ठाउँमा मूर्ति स्थापना भइरहेको छ। मूर्तिको वरिपरि रेलिङ जड़ान गर्ने, साथै भविष्यमा पानीको व्यवस्था र छत बनाउने योजना पनि छ ताकि भक्तहरूले त्यहाँ पूजा गर्न सकुन्। उद्घाटन समारोहको तयारीको लागि पुलिस आयुक्त र प्रशासनसँग छलफल भइरहेको छ।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा