एन्टी हेरोइन अभियान अन्तर्गत महिला लागुऔषध तस्करका ३.१४ लाख रुपियाँ मूल्यका दुई वटा सवारीसाधन जफत
एन्टी हेरोइन अभियान अन्तर्गत महिला लागुऔषध तस्करका ३.१४ लाख रुपियाँ मूल्यका दुई वटा सवारीसाधन जफत


धर्मशाला, २२ नोभेम्बर (हि.स.)। नूरपुर जिल्ला पुलिसले सञ्चालन गरिरहेको एन्टी हेरोइन अभियान अन्तर्गत हेरोइन तस्करीको सञ्जाललाई आर्थिक रूपमा कमजोर बनाउने दिशामा अर्को महत्त्वपूर्ण सफलता हासिल गरेको छ। लागुऔषधको अवैध कारोबारबाट आर्जित सम्पत्ति विरुद्ध कारबाही गर्दै पुलिसले एक महिला लागुऔषध तस्करका दुई वटा सवारीसाधन जफत गरेको छ।

काँगड़ा जिल्लाको इन्दौरा तहसील अन्तर्गत छन्नी गाउँ निवासी रुबीको नाममा दर्ता रहेका १ लाख ४० हजार ७९० रुपियाँ र १ लाख ७३ हजार ८३० रुपियाँ मूल्यका दुई वटा सवारीसाधन जफत गरिएको छ। दुवै सवारीसाधनको कूल मूल्य ३ लाख १४ हजार ६२० रुपियाँ रहेको छ।

नूरपुरका एसपी इल्मा अफरोजले सक्षम प्राधिकारीद्वारा जारी आदेशको पालना गर्दै उक्त सवारीसाधनको कब्जा लिन तथा नियमानुसार थप कारबाही सुनिश्चित गर्न डमटाल पुलिस थानालाई निर्देश दिइएको बताइन्।

उनले नूरपुर पुलिसको कारबाही अब हेरोइन तस्करहरूलाई पक्राउ गर्ने र लागुऔषध जफत गर्ने कार्यमा मात्र सीमित नरहेको बताइन्। हेरोइनको अवैध कारोबारबाट आर्जित सम्पत्तिको पहिचान गरी त्यसलाई जफत गराउने कार्यमा पनि विशेष ध्यान दिइँदै आएको उनले जानकारी दिइन्।

यस कारबाहीको उद्देश्य हेरोइन तस्करीका आर्थिक स्रोतहरूमा प्रहार गर्नुका साथै यस अवैध कारोबारमा संलग्न व्यक्तिहरूलाई आर्थिक रूपमा कमजोर बनाउनु रहेको छ। सवारीसाधन जफत गरिएपछि तिनको प्रयोग हेरोइन तस्करीमा गर्न नसकिने पुलिसले जनाएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande