
सिरसा, 22 नोभेम्बर (हि.स.)। मुख्यमन्त्रीको सिरसमा आगमनमा विधानसभा क्षेत्रको अवस्थालाई लिएर रगतले लेखिएको पत्र हस्तान्तरण गर्न गइरहेका विधायक गोकुल सेतियालाई पुलिसले हिरासतमा लियो। यस अवधि सेतिया समर्थकहरू र पुलिसमाझ धक्कामुक्का पनि भयो।
मुख्यमन्त्री नायब सिंह सैनी आइतवार युवा म्याराथन तथा जिल्ला कष्ट निवारण समितिको बैठकमा भाग लिन सिरसा आएका थिए।
विधायक सेतिया बिहीवार बिहान आफ्ना समर्थकहरूसँग शहरको शहीद भगत सिंह चौकमा पुगे। यहाँ उनले सिरसाका सबै मागलाई उल्लेख गर्दै रगतले पत्र लेखे। त्यसपछि उक्त पत्र मुख्यमन्त्रीलाई हस्तान्तरण गर्न गइरहेका थिए, पुलिसले उनलाई हिरासतमा लिएर आफूसँगै लग्यो।
स्मरणीय छ विधायक सेतियाले शनिवार सोशल मिडियामा लाइभ आएर घोषणा गरेका थिए, उनले शनिवार सिरसाको दुर्दशाका बारेमा मुख्यमन्त्रीलाई रगतले लेखिएको पत्र बुझाउने छन्। त्यसपछिदेखि नै जिल्ला प्रशासन सतर्क भयो।
विधायकले सोशल मिडिया लाइभमा भने, 'आज सिरसा रगतको आँसु रोइरहेकी छन्, तर लाटो र बहिरो सरकारमाथि कुनै असर परेको छैन। शहरका सड़कहरू अवरुद्ध छन्। सारा शहर एवं गाउँमा पानी र ढल व्यवस्थापन बन्द भएको छ, कहीँ पनि सफाई छैन। अटो मार्केट तथा हाउजिङ्ग बोर्डका फ्ल्याटहरूको अवस्था राम्रो छैन, नहरहरूमा बारीको पानी सही होइन। जता हेऱ्यो, दयनीय अवस्था छ। विधानसभामा सिरसाको मुद्दामा चिच्याउँदै बोल्छन् भने अर्कोतिर सड़कमा हरेक दिन दयनीय अवस्था देखिँदैछ। तथापि बहिरो सरकारले यो दुःख देख्दैन-सुन्दैन। गोकुलले भने, चुनाउमा उनले जनतासित वाचा गरेका थिए कि यदि सिरसाका मानिहरूलाई कुनै समस्या भयो भने उनी रगत र पसिना बगाउनदेखि पछि हट्ने छैनन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा