एनबीएसटीसीको सिलगढ़ी-मायापुर सोझो बस सेवा शुरु, सोमवारदेखि नियमित सञ्चालन हुने
सिलीगुड़ी से मायापुर जाने वाली बस


सिलगढ़ी, 22 नोभेम्बर (हि.स.)। श्रद्धालु एवं जनसाधारण यात्रुहरूको दीर्घकालीन मागलाई ध्यानमा राख्दै उत्तर बङ्गाल राज्य परिवहन निगम (एनबीएसटीसी)-को सिलगढ़ीदेखि मायापुरसम्मको सोझो सरकारी बस सेवा शुरु गरेको छ। नयाँ बस सेवाको औपचारिक उद्घाटन आइतवार सिलगढ़ी इस्कन मन्दिर परिसरबाट गरियो। बसहरूको नियमित सञ्चालन सोमवारदेखि शुरु हुनेछ।

यातायात विभागको श्रोत अनुसार यात्रुहरूको सुविधाका लागि बस सिलगढ़ीबाट हरेक दिन बिहान 6 बजे मायापुर तर्फ प्रस्थान हुनेछ। साथै मायापुरदेखि सिलगढ़ीको लागि हरेक दिन बिहान 6 बजे बस उपलब्ध हुनेछ। यस मार्गमा बसको भाड़ा 350 देखि 400 रुपियाँ राखिएको छ। यसबाहेक बालुरघाटदेखि मायापुरसम्मको सरकारी बस सेवा पनि शुरु भइरहेको छ।

यस नयाँ सेवाको बारेमा जानकारी गराउँदै राज्य यातायात मन्त्री आनन्दमय बर्मनले भने, यसबाट आम यात्रुहरूलाई धेरै सुविधा हुनेछ। उनले बताए, यस मार्गमा बस चलाउने प्रस्ताव आएपछि सेवा शुरु गर्ने निर्णय गरिएको हो। भविष्यमा अन्य पर्यटकीय स्थलबाट पनि यस्ता प्रस्ताव प्राप्त भएमा त्यहाँ पनि सरकारी बस सेवा शुरु गरिनेछ।

यता यस पहललाई इस्कन व्यवस्थापनले स्वागत गरेको छ। सिलगढ़ी इस्कनका जनसम्पर्क अधिकारी नमकृष्ण दासले भने, सोझो बस सेवा शुरु भएपछि दुई तीर्थस्थलबीचको सम्पर्कमा सुधार आउनेछ। सिलगढ़ी इस्कन मन्दिर भ्रमण गर्ने धेरै देशी तखा विदेशी भक्तहरू मायापुर जान चाहन्छन्। अब प्रत्यक्ष बस सेवा शुरु भएपछि उनीहरूका लागि यात्रा गर्न धेरै सजिलो हुनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande