
गुवाहाटी, 22 नोभेम्बर (हि.स.)। भारत सरकारको पेन्शन एवं पेन्शनभोगी कल्याण विभाग (डीओपीपीडब्ल्यू) तथा रेलवे बोर्डको दिशानिर्देशमा उत्तर-पूर्वी फ्रन्टियर रेलवे (एनएफआर)- ले सक्रिय रूपमा 1 देखि 30 नोभेम्बरसम्म राष्ट्रव्यापी डिजिटल लाइफ सर्टिफिकेट (डीएलसी) अभियान 5.0 सञ्चालन गरिरहेको छ। यस पहलको उद्देश्य डिजिटल प्रविधिको माध्यमबाट रेलवे पेन्शनहरू र पारिवारिक पेन्शनरहरूका लागि वार्षिक जीवन प्रमाणपत्र पेश गर्ने प्रक्रियालाई सरल बनाउनु हो ताकि विशेष गरी वरिष्ठ नागरिकहरू तथा यात्रामा कठिनाई भोगिरहेका मानिसहरूलाई सुविधाजनक अनि बाधामुक्त सेवाहरू प्रदान गर्न सकियोस्।
पूसीरका सीपीआरओ कपिञ्जल किशोर शर्माले आज बताए, यस अभियान अन्तर्गत पूसीरेका विभिन्न स्थानहरूमा डिजिटल लाइफ सर्टिफिकेट क्याम्प आयोजना गरियो। यसमा गुवाहाटीस्थित मालीगाउँ पूसीरे मुख्यालय तथा निर्माण कार्यालय परिसर, रङ्गिया, डिब्रुगढ़ कारखाना, पूसीरे पेन्शनभोगी सङ्घको कार्यालय, न्यू जपाईगुड़ी, तिनसुकिया, सिलगढ़ी जङ्क्शन, न्यू बङ्गाईगाउँ, जयमति नगर, मानलबजार स्वास्थ्य एकाई, न्यू गुवाहाटी, रङ्गापाड़ा नर्थ, खरसाङ रेलवे स्टेशन,मालदा टाउन लोको शेड, फकिराग्राम जङ्क्शन तथा बुनियादपुर सामेल छन्। यी शिविरहरूमा पेन्शनभोगीहरूलाई आफ्नो डिजिटल जीवन प्रमाण पत्र जमा गर्नको लागि विशेष सहायता प्रदान गरियो जसबाट यो प्रक्रिया अझ सरल एवं पहुँचयोग्य भएको छ।
पूसीरे अधिनस्थ यस अभियानमा उत्साहजनक सहभागिता देख्न पाइयो। अहिलेसम्म आयोजित शिविरहरू मार्फत रेलवे पेन्शनभोगी र पारिवारिक पेन्शनभोगीहरूका लागि 1,000 भन्दा बढ़ी डिजिटल जीवन प्रमाणपत्रहरू सफलतापूर्वक बनाइसकिएको छ।
पूसीरे पेन्शनर्स एसोसिएसन तथा अन्य सम्बन्धित एकाइहरूको सहयोगमा धेरै शिविरहरू आयोजना गरियो जसमा निःशुल्क स्वास्थ्य जाँच र यूएमआइडी पञ्जीकरण जस्ता अतिरिक्त सुविधाहरू पनि प्रदान गऱ्यो। यसले रेलवे पेन्शनभोगीहरूलाई प्राप्त हुने कल्याणकारी सहयोगलाई धेरै सुदृढ़ बनाएको छ।
--------
/ बिशाल