पिस्तोल र दुई राउण्ड जीवित  कारतुससितै व्यक्ति पक्राउ
असमः जोरहाट जिलाके टियक इलाके में पिस्तौल एवं दो राउंड जिंदा कारतूस के साथ गिरफ्तार व्यक्ति की तस्वीर


जोरहाट (असम), 22 नोभेम्बर (हि.स.)। जोरहाट जिल्ला अन्तर्गत टियकको लहदेगड़ क्षेत्रमा पुलिसले करबाहीको क्रममा दुई राउण्ड जीवित कारतुस सहित एउटा पिस्तोल जफत गरेको छ। यस मामिलामा एकजना व्यक्तिलाई पक्राउ गरिएको छ।

पुलिस सूत्रले बताएको छ, पिस्तोलसितै लाहदेगड़को न्यू मेलेङ्ग गाउँका बासिन्दा गोपाल दास नामक व्यक्तिलाई पक्राउ गरिएको छ। उक्त व्यक्तिले पिस्तोल कहाँबाट ल्याएको थियो, उसको कुनै सङ्गठनसँग सम्बन्ध छ कि छैन जस्ता प्रश्नहरूको जवाफ खोज्न अभियुक्तसित सोधपुछ गरिँदैछ।

ज्ञात रहोस्, लचित मैदान रोड क्षेत्रमा गए राती भएको लाहदेगड़ पुलिसको विशेष कारबाहीमा जीवित कारतुस सहित पिस्तोल जफत गरियो। जफत गरिएको पिस्तोल 7.65 एमएमको रहेको बताइएको छ। पुलिसले मामिलाको जाँच गरिरहेको छ।

/ बिशाल


 rajesh pande