घरधनीको घरको ताला फुटाएर तीन लाख रुपियाँ चोरी, हिलीबाट कर्मचारी पक्राउ
घरधनीको घरको ताला फुटाएर तीन लाख रुपियाँ चोरी, हिलीबाट कर्मचारी पक्राउ


सिलगढ़ी, २२ नोभेम्बर (हि.स.)। पसल मालिकको घरको ताला फुटाएर तीन लाख रुपियाँ नगद चोरी गरेको आरोपमा पुलिसले अन्ततः पसलका एक कर्मचारीलाई पक्राउ गरेको छ। दक्षिण दिनाजपुर जिल्लाको हिली थाना क्षेत्रमा अभियान चलाएर माटीगाड़ा थानाको पुलिसले आरोपीलाई पक्राउ गरेको हो। पक्रा परेको आरोपीको पहिचान देवाशीष रायका रूपमा भएको छ। आरोपीलाई शनिवार राति सिलगढ़ी ल्याइयो। पुलिसले चोरीको पैसाले खरिद गरिएको एउटा मोटरसाइकल पनि जफत गरेको छ।

पुलिस स्रोत अनुसार, माटीगाड़ा थाना क्षेत्रको तुम्बाजोत निवासी ज्योत्सना घोषले २६ अक्टोबरमा थानामा लिखित उजुरी दर्ता गराएकी थिइन्। उजुरीमा उनले २३ अक्टोबरमा आफ्नो पसलका कर्मचारी देवाशीष रायले घरको ताला फुटाएर भित्र प्रवेश गरी नगद तीन लाख रुपियाँ चोरी गरेर फरार भएको आरोप लगाएकी थिइन्। चोरीको सम्पूर्ण घटना घरमा जडान गरिएको सीसीटीभी क्यामेरामा कैद भएको थियो।

उजुरी प्राप्त भएपछि माटीगाड़ा थानाको पुलिसले घटनाको अनुसन्धान शुरु गरेको थियो। गोप्य सूचनाका आधारमा २१ नोभेम्बरमा एएसआई प्रवीर कर्मकारको नेतृत्वमा पुलिस टोलीले दक्षिण दिनाजपुरको हिली थाना क्षेत्रमा छापा मारेर आरोपीलाई पक्राउ गरेको हो। अनुसन्धानकर्ताहरूको अनुमान अनुसार, आरोपीले चोरीको रकमबाट मोटरसाइकल खरिद गरेका थिए, जसलाई पुलिसले जफत गरेको छ। पक्रा परेको आरोपीलाई थप अनुसन्धान तथा चोरी भएको बाँकी रकम जफत गर्नका लागि अदालतमा पेश गरी पुलिस हिरासतमा राख्न माग गरिनेछ।

/ बिशाल


 rajesh pande