अमित शाहले एनडीआरएफको 12औँ बटालियन मुख्यालयको उद्घाटन गर्ने
अमित शाहले एनडीआरएफको 12औँ बटालियन मुख्यालयको उद्घाटन गर्ने


इटानगर, 22 नोभेम्बर (हि.स.)। केन्द्रिय गृह तथा सहकारिता मन्त्री अमित शाहले आज अरुणाचल प्रदेशको पापुम पारे जिल्लाको होल्लोङ्गीमा राष्ट्रिय आपदा प्रतिक्रिया बल (एनडीआरएफ)- को 12 औँ बटालियनको मुख्यालयको उद्घाटन गर्नेछन्।

यसअघि एनडीआरएफको मुख्यालय अस्थायी रूपमा दोइमुखको एमचीमा अवस्थित थियो जसलाई होलोङ्गीमा स्थायी मुख्यालय भवन निर्माण भएपछि त्यहाँ सारिएको छ।

आज बिहान अमित शाहको इटानगरको लोकभवनमा केही महत्त्वपूर्ण बैठकहरूमा भाग लिने कार्यक्रम छ। त्यसपछि उनले इटानगरको डीके कन्भेन्शन सेन्टरमा प्रतिस्पर्धात्मक कार्यक्रममा भाग लिनेछन् भने इटानगरमा भाजपाको मुख्यालयमा पार्टी नेताहरूलाई भेट्नेछन्।

केन्द्रीिय मन्त्री अमित शाह नोभेम्बर 20 देखि इटानगरको तीन दिने भ्रमणमा छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande