तृणमूल विधायक मुशर्रफ हुसैनका भाइ मोजफ्फर हुसैन  पक्राउ
तृणमूल विधायक मुशर्रफ हुसैनका भाइ मोजफ्फर हुसैन  पक्राउ


उत्तर दिनाजपुर, 22 नोभेम्बर (हि.स.)। तृणमूल कङ्ग्रेसका विधायक मुशर्रफ हुसैनका भाइ मोजफ्फर हुसैनलाई इटाहार पुलिसले पक्राउ गरेको छ।

पार्टी सूत्अर नुसार विधायक मुशर्रफ हुसैन ममता समर्थक तृणमूल नेता हुन् भने उनी ब्लक युवा तृणमूलको अध्यक्ष पदमा पनि आसिन छन्।

पुलिस सूत्र अनुसार मुजफ्फरलाई गए शनिवार इटाहारको चेकपोस्ट क्षेत्रमा रहेको उनको घरबाट हिरासतमा लिएर पुलिस स्टेशनमा ल्याइयो। त्यसपछि उनलाई पक्राउ गरियो। यद्यपि उनलाई पक्राउ कारण अहिलेसम्म स्पष्ट हुन सकेको छैन। पुलिसले यस मामिलामा अहिलेसम्म आधिकारिक बयान जारी गरेको छैन।

पुलिस सूत्र अनुसार पक्रा परेका अभियुक्तलाई आइतवार रायगञ्ज जिल्ला अदालतमा पेश गरियो जहाँ पुलिसले सोधपुछको उनलाई हिरासतमा राख्ने माग गऱ्यो।

यस पक्राउलाई लिएर इटाहारको स्थानीय राजनीतिमा चर्चा तीव्र भएको छ। ममता समर्थक तृणमूलको एउटा वर्गको आरोप छ, विधायक मुशर्रफ हुसैनमाथि दबाव दिन र उनलाई आफ्नो राजनीतिक खेमा परिवर्तन गर्नको लागि बाध्य बनाउने उद्देश्यले उनका भाइलाई पक्राउ गरिएको हो।

यस मामिलामा ममता समर्थक गुटका नेता चोपड़ाबाट तृणमूल विधायक हमिदुल रहमानको उदाहरण पनि दिरहेको छ। उनीहरूको दाबी छ, हमिदुल रहमानले ऋतब्रत ब्यानर्जीको शिविर छोड़ेर ममता ब्यानर्जीको शिविरमा सामेल भएका थिए। त्यसपछि मुख्यमन्त्री शुभेन्दु अधिकारीले उनीविरूद्ध विचाराधिन मुद्दाहरूको फाइल खोल्न पुलिसलाई निर्देश दिएका थिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande