रास होत्सवमा सहभागी हुन नवद्वीप पुगे मुख्यमन्त्री, स्थायी पुल, घाट र करोडौँ रुपियाँ अनुदान दिने घोषणा गरे
नबद्वीप में मुख्यमंत्री शुभेंदु अधिकारी


कोलकाता, 22 नोभेम्बर (हि.स.)। रास उत्सवको अवसरमा चैतन्य महाप्रभुको स्मृतिसँग सम्बन्धित नवद्वीपलाई पूर्ण रूपमा सजाइएको छ। आइतवार महोत्सवमा सहभागी हुन पुगेका मुख्यमन्त्री शुभेन्दु अधिकारीले यस क्षेत्रको विकासको लागि विभिन्न योजनाहरूको घोषणा गरे। उनले भने, नवद्वीपमा नदी पार गर्नको लागि एउटा स्थायी पुल निर्माण गरिनेछ। यसको साथै एउटा सुसज्जित घाट निर्माण गरिनेछ जहाँबाट फेरी सेवा शुरु गरिनेछ।

स्मरण गराइन्छ, यस घाटको निर्माण कार्य धेरै पहिला शुरु गरिएको थियो, तर अहिलेसम्म सम्पन्न हुन सकेको छैन। आइतवार मुख्यमन्त्रीले यस अधुरो कार्यलाई पूरा गर्ने आश्वासन दिँदै भने, पहिला एउटा घाट बनाइएको थियो, तर त्यसलाई सञ्चालनमा ल्याइएन। म यो घोषणा गर्न गइरहेको छु कि यस घाटलाई पूर्ण रूपमा सुन्दर र व्यवस्थित रूपमा तयार गर्ने व्यवस्था गरिनेछ।

मुख्यमन्त्रीले स्पष्ट पारे, स्थायी पुलको निर्माण कार्य सम्पन्न नभएसम्म मानिसहरूलाई लञ्च सर्भिसमाथि भर पर्नुपर्नेछ भने पुल निर्माण भएपछि पनि यो सेवा जारी रहने छ। घाट र फेरी सेवा शुरु हुन लगभग दुई महिना लाग्नेछ। काम पूरा भएपछि आगामी फरवरी महिनाको पहिलो हप्तामा उनले फेरि नवद्वीपमा आएर फेरी सेवाको उद्घाटन गर्नेछन्।

घाट र लञ्च सेवा बाहेक उनले नवद्वीपमा अनुसन्धान केन्द्रको अधुरो काम पनि सम्पन्न गर्ने घोषणा गरे। भक्तहरूको सहयोगमा निर्माण भइरहेको यो केन्द्र कोषको अभावमा थाँतीमा रहेको छ। मुख्यमन्त्रीले यसको लागि दुई करोड़ रुपियाँ छुट्याउने घोषणा गरे। यसको साथै उनले स्थानीय गौशाला विस्तारको लागि एक करोड़ रुपियाँ दिने घोषणा गरे। नवद्वीपमा गुरुकुल एवं संस्कृत टोलहरू स्थापना गर्ने योजना बनाइएको जसको लागि कोषको कुनै कमी हुन दिइनेछैन।

यस अवधि मुख्यमन्त्रीले पल्लो तृणमूल कङ्ग्रेस सरकारलाई पनि निशाना बनाए। उनले आरोप लगाए, पघिल्लो सरकारले महाप्रभुको जन्मस्थलमा कुनै ध्यान दिएन। नवद्वीपलाई देशी तथा विदेशी मदिरा पसलहरू मात्र दियो।

नवद्वीपमा प्रवास अवधि मुख्यमन्त्रीले रासमन्दिरमा आयोजित कीर्तनमा भाग लिए अनि सचीमाता गोशालाको पनि भ्रमण गरे।

सूत्र अनुसार मुख्यमन्त्रीका लागि पुलाउ, भात, धोका, मोचा र थोडका विभिन्न परिकारहरू सहित करिब 20 देखि 25 प्रकारका शाकाहारी भोजनको व्यवस्था गरिएको थियो। त्यसपछि उनले नवद्वीपमा गौराङ्गिनी माता अनि कुटिरपाड़ास्थित मुक्ति सूर्य क्लबमा भारत माताको पूजाको उद्घाटन गरे। दिनको अन्त्यमा ऐतिहासिक श्री श्री बोरो श्यामा माँ मन्दिरमा पूजा गरेपछि उनी कोलकाता तर्फ प्रस्थान भए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande