पश्चिम बङ्गालमा आज पनि बादल लाग्ने, केही जिल्लामा हल्का वर्षा हुने सम्भावना
साफ आसमान के बीच खिली धूप और बदलता मौसम।


कोलकाता, 22 नोभेम्बर (हि.स.)। पश्चिम बङ्गालमा आइतवार मौसमको स्वरूप परिवर्तन हुने अनुमान गरिएको छ। राज्यका केही जिल्लाहरूमा आंशिक बादल लाग्ने सम्भावना छ। केही क्षेत्रहरूमा हल्का वर्षा वा छुटपुट वर्षा हुनसक्छ। तथापि विगत केही दिनदेखि जारी बेमौसमी वर्षापछि मौसममा क्रमिक सुधारको सङ्केत देखिएको छ।

अलिपुरस्थित क्षेत्रीय मौसम विज्ञान केन्द्रको पूर्वानुमान अनुसार कोलकाता र छेउछाउका क्षेत्रहरूमा आज सामान्यतया बादल लाग्नेछ। केही क्षेत्रहरूमा हल्का वर्षा हुन सक्छ। मौसम विभागले भारी वर्षा वा तीव्र आँधीबेहरीको कुनै विशेष चेताउनी जारी गरेको छैन।

मौसम विभागको पूर्वानुमान अनुसार कोलकाता र छेउछाउका जिल्लाहरूमा अधिकतम तापक्रम 28-30 डिग्री सेल्सियस र न्यूनतम 21-23 डिग्री सेल्सियसको बीचमा रहने सम्भावना छ। हावड़ा, हुगली एनं उत्तर तथा दक्षिण 24 परगनामा पनि बादल लाग्ने सम्भावना छ।

पश्चिम मेदिनीपुर, पूर्व मेदिनीपुर, बाँकुड़ा, पुरुलिया र पश्चिम बर्दवान जिल्लाहरूमा पनि आंशिक बादल लाग्ने सम्भावना छ। केही क्षेत्रहरूले बिहान हल्का कुहिरो र चिसो अनुभव गर्न सक्छन्। यी जिल्लाहरूमा अधिकतम तापक्रम 27-29 डिग्री अनि न्यूनतम 19-21 डिग्री सेल्सियसको वरपर रहने अनुमान गरिएको छ।

दार्जीलिङ, जलपाईगुडी, अलिपुरद्वार एवं मालदा सहित उत्तर बङ्गालका अन्य जिल्लाहरूमा बिहान हल्का वर्षा वा कुहिरो देखिन सक्छ। दिन बित्दै जाँदा मौसममा सुधार हुने सम्भावना छ।

मौसम विभागको पूर्वानुमान अनुसार आगामी हप्ताको मध्यसम्ममा तापक्रम तीनदेखि चार डिग्री सेल्सियसले घट्ने सम्भावना छ। यसले राज्यमा चिसोको अनुभूति बढाउन सक्छ।

--------

/ बिशाल


 rajesh pande