राहुल गान्धीको पोस्टमा मुख्यमन्त्री डा. सरमाले दिए प्रतिक्रिया, भने– देवीदेवताहरूको नक्कल गर्ने प्रयास नगर्नुहोस्
राहुल गांधी द्वारा सोशल मीडिया एक्स पर शेयर चित्र


गुवाहाटी, २३ नोभेम्बर (हि.स.)। कांग्रेस नेता राहुल गान्धीको एक्स पोस्टमा असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाको प्रतिक्रिया आएको छ। आइतवार मध्यरातमा पोस्ट साझा गर्दै मुख्यमन्त्रीले नयाँ–नयाँ धर्म अपनाउने मानिसहरूले हाम्रो विरासतलाई ‘खोज्ने’ प्रयास गर्दा र त्यसलाई नबुझीकनै प्रयोग गर्न थाल्दा यस्तै अवस्था उत्पन्न हुने बताएका छन्। मुख्यमन्त्रीले प्रश्न गर्दै भनेका छन्, के राजीव गान्धी र सोनिया गान्धी अब शिव र पार्वती बनेका हुन्? उनले देवीदेवताहरूको नक्कल गर्ने प्रयास नगर्न आग्रह गरेका छन्।

डा. सरमाले भनेका छन् कि अर्धनारीश्वर न त वैवाहिक प्रेमको कुनै तस्बिर हो, न त यस्तो दृश्य हो, जहाँ पत्नी आफ्नो पतिको काखमा बसेकी हुन्छिन्। यो सनातन धर्मका सबैभन्दा गहिरा सत्यहरूमध्ये एक हो। शिव र शक्ति एउटै अविभाज्य वास्तविकता हुन्। ब्रह्माण्डको सञ्चालनमा चेतना र ऊर्जा, पुरुष र महिलालाई एकअर्काबाट अलग गर्न सकिँदैन। मुख्यमन्त्रीले हाम्रा परम्पराहरूबाट कुनै पनि कुरा अपनाउनुअघि कम्तीमा त्यसलाई बुझ्ने प्रयास गर्नुपर्ने बताएका छन्।

उल्लेखनीय छ, राहुल गान्धीले एक्समा एउटा तस्बिर सहित पोस्ट गर्दै भनेका थिए, “म भारतीय आध्यात्मिक र धार्मिक परम्पराहरूलाई जति गहिराइमा बुझ्दै जान्छु, त्यति नै स्पष्टता आउँदै जान्छ।” साथै उनले भाजपा र आरएसएसमाथि प्रहार गर्दै उनीहरू पुरुषप्रधान सोच राख्ने मानिसहरू भएको र उनीहरूलाई हाम्रा आध्यात्मिक तथा धार्मिक परम्पराहरूको रत्तिभर पनि समझ नभएको बताएका थिए।

/ बिशाल


 rajesh pande