चापरः एनएच- 17 मा भएको सड़क दुर्घटनामा महिलाको मृत्यु
পথ দুৰ্ঘটনা প্ৰতীকাত্মক


धुबरी (असम),23 नोभेम्बर (हि.स.)। जिल्लाको चापर क्षेत्रमा राष्ट्रिय राजमार्ग- 17 मा बितेको राती भएको भीषण सड़क दुर्घटनामा एकजना महिलाको घटनास्थलमै मृत्यु भयो। भनिन्छ, यो दुर्घटना राष्ट्रिय राजमार्ग- 17 को नाथपारा क्षेत्रमा भएको हो। दुर्घटनामा महिलाको टाउको पड़्केर सड़कभरि छरिएको थियो। यो दुर्गटना ई-रिक्सा (एएस-19एसी-9145)- लाई विपरीत दिशाबाट आइरहेको ट्रक (एएस-19एसी-3271)- ले ठोक्कर दिएको कारणले भएको हो। दुर्घटनापछि अन्धकारको फाइदा उठाएर ट्रक चालक घटनास्थलबाट भाग्यो। दुर्घटनामा महिलाको घटनास्थलमै मृत्यु भयो।

स्मरण गराइन्छ, दुर्घटना हुँदा ती महिला उक्त ई-रिक्षामा बसिरहेकी थिइन्। यता रिक्शाको पछाडि बसेका केही युवकहरू र स्थानीय मानिसहरूले ट्रकलाई पछ्याएर समाते अनि पछि पुलिसलाई हस्तान्तरण गरे।

मृतक महिलाको पहिचान गाछपारा निवासी आक्लिमा खातुनको रूपमा भएको छ। पुलिसले शवलाई पोस्टमर्टम गर्नको लागि अस्पतालमा पठाइदिएको छ। यस सम्बन्धमा एफआईआर दर्ता गरी पुलिसले सक्रिय रूपमा ट्रक चालकको खोजी गरिरहेको छ।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande