चन्दननगर जगद्धात्री शोभायात्रामा हिन्दू जागरण मञ्चको अनौठो पहलः एक हजार मानिसहरूमा गीता र हनुमान चालीसा वितरण
हिंदू जागरण मंच


कोलकाता, 23 नोभेम्बर (हि.स.)। चन्दननगरको विश्वप्रसिद्ध जगद्धात्री पूजाको भव्य शोभायात्राको अवसरमा हिन्दू जागरण मञ्चले एउटा अनौठो र प्रशंसनीय पहल गरेको छ। मञ्चले यस वर्ष 'माँ जगद्धात्री सनातनी सम्मान'- को थालनी गर्दै शोभायात्रामा सहभागी भएका उत्कृष्ट पूजा समितिहरूलाई पुरस्कृत गर्ने व्यवस्था गरेको छ।

शोभायात्राको दिन चन्दननगरस्थित रथेर रोड अगाड़ि मञ्चको तर्फबाट एउटा विशेष पण्डाल र मञ्च तयार गरिएको थियो। हिन्दू जागरण मञ्चको निर्णायक मण्डलले शोभायत्रामा सहभागी विभिन्न पूजा समितिको झाँकी र प्रस्तुतिलाई अवलोकन गरेपछि यहीँबाट विजेताहरूको चयन गऱ्यो। यस सम्मान अन्तर्गत उत्कृष्ट मूर्ति, उत्कृष्ट प्रकाश, उत्कृष्ट परम्परागत संस्कृति एवं 'उत्कृष्ट पूजा समिति' जस्ता प्रमुख श्रेणीहरूमा समितिहरूलाई पुरस्कृत गरिनेछ।

सांस्कृतिक श्रद्धासँगसँगै मञ्चले आध्यात्मिक चेतनाको सन्देश पनि दियो। गीताको पाठ गर्न मानिसहरूलाई प्रेरित गर्ने उद्देश्यले मञ्चबाट श्रीमद भगवद गीता तथा हनुमान चालीसाका प्रतिलिपिहरू लगभग एक हजार भक्त अनि दर्शकहरूलाई वितरण गरियो।

चन्दननगरमा मनाइने भव्य एवं परम्परागत जगद्धात्री पूजा अवधि यस प्रकारको कार्यक्रम आफै-आफमा धेरै अद्वितीय र विशेष मानिन्छ। मञ्चको यो पहललाई स्थानीय जनता अनि भक्तहरूले निकै प्रशंसा गरेका छन्।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande