

-समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी मुख्य अतिथि रहनेछन्
गुवाहाटी, 23 नोभेम्बर (हि.स.)। नयाँ दिल्लीमा आगामी 29 नोभेम्बरको दिन हुनगइरहेको भारत रत्न सुधाकण्ठ डा. भूपेन हजारिकाको जन्म शताब्दीको समापन समारोहका तयारीहरू द्रूत गतिमा भइरहेका छन्। यसलाई मध्यनजर गर्दै गए आइतवार राती नयाँ दिल्लीमा मुख्यमन्त्री डा. हिमन्त विश्व सरमाको अध्यक्षतामा एक समीक्षा बैठक सम्पन्न भयो।
सोही बैठकको माध्यमबाट मुख्यमन्त्री सरमाले समारोहका विभिन्न तयारीहरूको जायजा लिए। यस आयोजनलाई कुनै पनि प्रकारको बाधाबिनै सफल तुल्याउनको लागि सबै सम्बन्धित मानिसहरूलाई आमन्त्रित गर्नका साथै केही महत्त्वपूर्ण सुझाउहरू पनि उनले दिए। बैठकमा राज्य सरकारका केही मन्त्रीगण, विधायकगण, सांसदगण एवं राज्य सरकारका वरिष्ठ अधिकारीहरू उपस्थित थिए।
यसअघि मुख्यमन्त्री डा. सरमाले प्रधानमन्त्री नरेन्द्र मोदीलाई समारोहमा मुख्य अतिथिका रूपमा निम्तो दिनका लागि उनीसित भेट गरी औपचारिक निमन्त्रणा पत्र हस्तान्तरण गरे। मुख्यमन्त्रीले बताएका छन्, समारोहमा सहभागी हुनका प्रधानमन्त्रीले आफ्नो दिएका छन्।
सोशल मिडियामा एउटा पोस्ट साझा गर्दै मुख्यमन्त्रीले भने, पछिल्लो वर्ष 201-9 मा भारत रत्न प्रदान गरेर, ब्रह्मपुत्रमा निर्मित पुलको नाम डा. भूपेन हजारिकाको नाममा राखेर तथा गुवाहाटीमा 100 रुपियाँको विशेष स्मारक सिक्काको अनावरण गरेर सुधाकण्ठको जन्म शताब्दी उत्सवको शुभ शुरूआत गर्दै नरेन्द्र मोदीले भूपेन दाप्रति सदैवअभूतपूर्व सम्मान देखाउँदै आएका छन्।
लाचित बरफुकनदेखि डा. भूपेन हजारिकासम्म, असमका महान व्यक्तिहरूको योगदान आज भारतभरि गर्वको साथमा मनाइन्छ। असमप्रतिको प्रधानमन्त्रीको यो साँचो प्रेम र स्नेहका लागि हामी हार्दिक कृतज्ञता व्यक्त गर्दछौँ।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा