बेवारिसे ब्यागको कारण खैलाबैला, बम निरोधक दलले कब्जामा लियो
झाड़ग्राम में लावारिस बैग मिलने पर पुलिस की घेराबंदी


बॉम्ब स्क्वायड टीम


झाड़ग्राम, 23 नोभेम्बर (हि.स.)। पश्चिम बङ्गालको झाड़ग्राम शहरस्थित जुबली मार्केट रोड क्षेत्रमा सोमवार बिहान एउटा बेवारिसे रातो रङ्गको ब्यागको कारणले व्यापक कोकोहोलो मच्चियो। बम निरोधक दलले उक्त ब्यागलाई कब्जामा लिएर आफूसित लिएर गयो। यसरी ब्याग फेला परेपछि क्षेत्रमा डरको वातावरण बनेको थियो। सूचना पाएर घटनास्थलमा पुगेको पुलिसले तत्कालै घटनास्थललाई घेराबन्दी गरी सुरक्षाको कड़ा व्यवस्था गरेको थियो।

पुलिसले सुरक्षालाई मध्यनजर गर्दै घटनास्थलमा सिभिक भोलन्टियर्सलाई तैनाथ गरेको थियो। साथै, ब्यारिकेड लगाएर सर्वसाधारणको आवागमनलाई रोकिएको थियो। घटनास्थलमा पुगेको बम डिस्पोजल स्क्वाडका सदस्यहरूले झोलाको जाँचपछि त्यसलाई आफ्नो कब्जामा लिएर आफूसितै लिएर गयो।

प्रारम्भिक रूपमा आशङ्का व्यक्त गरिंदैछ, कुनै अज्ञात व्यक्तिले झोला त्यहाँ राखेर त्यहाँबाट गएको हुनसक्छ। यद्यपि झोलाभित्र के थियो र कसले त्यहाँ राख्यो भन्नेबारे कुनै आधिकारिक जानकारी प्राप्त भएको छैन। पुलिसले सम्पूर्ण मामिलाको अनुसन्धान गरिरहेको छ।

--------

/ बिशाल


 rajesh pande