कन्टेनरको धक्काले घाइते राजमिस्त्रीको मृत्यु
कन्टेनरको धक्काले घाइते राजमिस्त्रीको मृत्यु


जलपाइगढी, 23 नोभेम्बर (हि.स.)। फूलबाड़ीमा कन्टेनरको ठक्करले गम्भीर घाइते भएका एकजना राजमिस्त्रीको उपचारको क्रममा मृत्यु भएको छ। सोमवार भोर बिहान उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालमा उनले अन्तिम सास लिए। मृतकको पहिचान फाँसीदेवा ब्लकको रहमजोत गाउँका बासिन्दा गौराङ्गको रूपमा भएको छ।

जानकारी अनुसार, गए आइतवार बिहान गौराङ्ग सधैँ जस्तै साइकलमा राजमिस्त्रीको काम गर्न जाँदै थिए। यसैबीच फूलबाड़ीको अमाइदिघीमा राष्ट्रिय राजमार्गमा एउटा कन्टेनरले उनको साइकललाई ठक्कर दियो। ठक्करको प्रभावले उनी सड़कमा लड़ेर गम्भीर रूपमा घाइते भए।

घटनाको जानकारी पाउनसाथ फूलबाड़ी राजमार्ग ट्राफिक पुलिस घटनास्थलमा पुग्यो अनि घाइते गौराङ्गलाई उद्धार गरी उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालमा भर्ना गऱ्यो। तर सोमवार बिहान उपचारको क्रममा उनको मृत्यु भयो।

गौराङ्गको मृत्युको खबर गाउँमा पुग्नसाथ शोक फैलियो। उनी परिवारका एक मात्र कमाउने सदस्य थिए। उनका एकजना छोरा र एकजना छोरी छन्। उनले राजमिस्त्रीका रूपमा काम गरेर सम्पूर्ण परिवारको भरणपोषण गरिरहेका थिए। उनको असामयिक निधनले परिवारलाई आर्थिक सङ्कटमा पारेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande