व्यापारी शिवचन्द हाथीबरुवाको निवासमा जोरहाट पुलिसको छापामारी
व्यापारी शिवचन्द हाथीबरुवाको निवासमा जोरहाट पुलिसको छापामारी


जोरहाट (असम), 23 नोभेम्बर (हि.स.)। अप्पर असमका विवादास्पद युवा व्यापारी शिवचन्द हातीबरुवाको जोरहाटस्थित बङ्गालपुखुरी हाबिचुक निवासमा पुलिसले छापामारी गऱ्यो। बलजफती असुली तथा ब्ल्याकमेलिङ्गको आरोपमा विवाद सार्वजनिक भएपछि पहिलोपटक पुलिसलो उनको आवासमा आइतवार अबेर राति खोजी अभियान सञ्चालन गऱ्यो।

सूत्र अनुसार, जोरहाट पुलिसले हाबिचुकस्थित आवास मात्र नभएर क्लब रोडमा रहेको उनकी काकीको घरमा पनि छापामारी गऱ्यो। शिवचन्द हातीबरुवा र उनको कथित गिरोहमाथि काठ एवं कोइला ओसारपसार गर्ने ट्रकहरूबाट बलजफती पैसा असुली गरेको लगायत विभिन्न नेताहरूको नाम प्रयोग गरी ब्ल्याकमेल गरेको आरोप लगाइएको छ।

यी आरोपहरू सार्वजनिक भएपछि माथिल्लो असममा विवाद अझ गहिरिएको छ। पुलिसको ताजा कारबाहीलाई यस मामिलाको अनुसन्धानसँग जोड़ेर हेरिँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande